back
CTIZAN AD

जनसम्पर्क समिति फ्रान्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७५ असोज ४ बिहीवार

609 

shares

पेरिस, फ्रान्स । जनसम्पर्क समिति फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व. गणेशमान सिंहको २१औं स्मृति दिबसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा यूरोपस्थित अन्य जनसम्पर्क समितिहरुको पनि प्रतिनिधित्व रहेको थियो । सबिधान दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा नेपालको लोकतान्त्रिक संबिधान स्थापनाको लागि जीबन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्दा सुमन ब्यक्त गरिएको थियो ।


जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम झण्डै ४ घण्टा चलेको थियो ।

कार्यक्रममा नेपाल देखि आएका राष्ट्रिय आदिवासी जनजाति महासंघका निबर्तमान अध्यक्ष एबं पूर्वसभासद नगेन्द्र कुमार कुमाल, जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा,जनसम्पर्क समिति बेल्जियमकाल संस्थापक अध्यक्ष ध्रुव पौडेल लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाली कांग्रेस पार्टीलाई सुदृढ गर्नका सुरुवात आ–आफ्नै ठाउँबाट गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

सोहि अवसरमा प्रमुख अतिथि बरिस्ठ नेता पौडेलले देशमा लोकतान्त्रिक संबिधान स्थापनाको लागि नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको बताएका थिए । उनले संबिधान स्थापना पश्चात अहिलेको कम्युनिस्ट सरकारले संविधानको मर्मलाइ बुझ्न नसकेको बताउदै सस्तो लोकप्रियता र झुटले चुनाब जितेर आएको हुनाले यो सरकारलाई जनताले चिनिसकेको बताए ।
नेता पौडेलले नेपाली कांग्रेस पार्टीमा पनि सुधारको आवस्यक रहेको र नेपाली कांग्रेस अझ बलियो र ससक्त भएर आउने बाचा सहित प्रबासमा रहेका सम्पूर्ण कांग्रेसीहरुले आ–आफ्नो स्थानबाट पार्टी प्रतिको जिम्मेवार निष्ठापूर्बक पूरा गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजातिका पूर्वअध्यक्ष नगेन्द्र कुमालले गैरआवासीय नेपालीहरुको लागि एकपटक को नेपाली सधैंको नेपाली भन्ने कुरामा आफूहरु अडिग रहेको बताए ।
कार्यक्रमको अन्त्यमा सभापति सुधिर रानाले उपस्थित सबैलाइ धन्यबाद दिदै नेता पौडेलको यूरोप भ्रमणले जनसम्पर्क समितिहरुमा थप उर्जा प्रदान भएको बताएका थिए ।

पेरिसस्थित माउन्ट एभरेस्ट रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको संचालन, समितिका महामन्त्री कमल बिक्रम के सी ले गरेका थिए भने कार्यक्रममा पेरिसबासी नेपालीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ असोज ४ बिहीवार १२:१८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...