back

अग्रिम टिकट नखोल्ने व्यवसायीको निर्णय, भाडा समायोजन गर्न माग

वि.सं.२०७५ असोज ५ शुक्रवार

342 

shares
GLOBAL IME AD
NTC AD

५ असोज, काठमाडौँ । बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन् । यसअघि शुक्रबारदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । लबिहीबार साँझ बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै बुकिङ नखोल्ने निर्णय गरेको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए । बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदासमेत सरकारले भाडा भने नबढाएको महासंघ अध्यक्ष कर्माचार्य बताउछन् ।

नेपाल आयल निगमले गत सोमबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको थियो । व्यावसायीले मूल्यवृद्धि फिर्ता लिन निगमलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र उचित भाडा समायोजन नगरिएको भन्दै व्यवसायीहरुले सरकारसँग गरेको सहमति नमान्ने निर्णय गरेका हुन् । यसअघि पनि भाडा समायोजनको माग गर्दै व्यवसायीहरुले अग्रिम टिकट बुकिङ गर्न मानिरहेका थिएनन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै गाडी भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको बताउछन् । सरकारले उचित निर्णय नगरुन्जेलसम्म आफूहरुले अग्रिम टिकट बुकिङ खुल्ल्ला नगर्ने व्यवसायीहरुको अडान छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:४६ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...