back

अग्रिम टिकट नखोल्ने व्यवसायीको निर्णय, भाडा समायोजन गर्न माग

वि.सं.२०७५ असोज ५ शुक्रवार

591 

shares

५ असोज, काठमाडौँ । बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन् । यसअघि शुक्रबारदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । लबिहीबार साँझ बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै बुकिङ नखोल्ने निर्णय गरेको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए । बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदासमेत सरकारले भाडा भने नबढाएको महासंघ अध्यक्ष कर्माचार्य बताउछन् ।

नेपाल आयल निगमले गत सोमबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको थियो । व्यावसायीले मूल्यवृद्धि फिर्ता लिन निगमलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र उचित भाडा समायोजन नगरिएको भन्दै व्यवसायीहरुले सरकारसँग गरेको सहमति नमान्ने निर्णय गरेका हुन् । यसअघि पनि भाडा समायोजनको माग गर्दै व्यवसायीहरुले अग्रिम टिकट बुकिङ गर्न मानिरहेका थिएनन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै गाडी भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको बताउछन् । सरकारले उचित निर्णय नगरुन्जेलसम्म आफूहरुले अग्रिम टिकट बुकिङ खुल्ल्ला नगर्ने व्यवसायीहरुको अडान छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:४६ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता...

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

काठमाडौँ । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन...

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये...

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको...

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ...