५ असोज, काठमाडौं । महाअभियोग प्रस्ताब दर्ता हुने भएपछी सर्वोच्च अदालतका वरिस्ठ न्याधिश दिपक राज जोशीले राजिनामा दिने मनस्थिति बनाएको बुझिएको छ ।
नेकपाका ७० सांसदले महाअभियोग प्रस्ताबमा हस्ताक्षर गरेपछी जोशिलाई राजिनामा दिन दबाब बढेको थियो । संसदका एक चौथाइ सांसदले महाअभियोग प्रस्ताब दर्ता गर्न सक्ने बैधानिक प्रावधान छ ।
सम्वैधानिक परिषदले प्रधान न्यायाधिस सिफारिस गरेपनी संसदीय सुनुवाइमा असफल भएपछी जोशीको प्रधानन्यायाधिश बन्ने बाटो रोकिएको थियो ।
सर्वोच्चले नयाँ प्रधानन्यायाधिश पाएसँग पुन : सक्रियता देखाएका जोशी अदालतको वरिस्ठ न्यायाधिश हुन । उनको सक्रियता संसदको मानहानी भएको आम सांसदहरुको बुझाइ छ ।
संसद्को राय बुझेका जोशिले आफ्ना निकटसँग राजिनामाका बारेमा छल्फल चलाएको श्रोतले जनाएको छ । जोशी निकट श्रोतका अनुसार उनले सांसद समक्ष दशै सम्मको समय मागेका छन् ।
दसै बिदा सकिनासाथ श्रीमानले राजिनामा दिने मानसिकता बनाउनु भएको छ श्रोतले जनाएको छ ।
वि.सं.२०७५ असोज ५ शुक्रवार ०८:५४ मा प्रकाशित