back

कहाँ पुग्यो त निर्मला पन्त हत्याकाण्डको अनुसन्धान ?

वि.सं.२०७५ असोज ५ शुक्रवार

636 

shares

५ असोज काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा अहिलेसम्म नयाँ कुरा खासै उपलब्धि हुन सकेको छैन् ।
बलात्कारपछि हत्या भएको २ महिना सकिनै लाग्दा पनि अनुसन्धान पुरानै कुरामा घुमिरहेको देखिन्छ । तथापि पछिल्लो समय डिआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ अनुसन्धान टोली गठन, एसपी दुर्गा चन्द ठकुरीको नेतृत्वमा अनुसन्धान टोली कन्चनपुर खटाइएको भएपनि हत्या सम्बन्धी नयाँ तथ्य भने फेला पर्न सकेको छैन ।

अपराधि पत्ता लाग्ने सम्भावित प्रमाणहरु नष्ट भइसकेको अवस्थामा अनुसन्धान समिति निर्मलाको शरीरको पोस्टमार्टम रिर्पोट वरी–परी नै घुमिरहेको पाइएको छ ।

त्यसका अलावा समितिले घटनास्थल नजिकै रहेको सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि अनुसन्धान केन्द्रीत गरेको छ । तर, अनुसन्धानका लागि सेनालाई पत्राचार नभइसकेको प्रहरी श्रोतले जनाएको नयाँपत्रिका दैनिकमा उल्लेख छ । स्थानीयबाट सूचनामा सहयोग नभएकोले पनि अनुन्धान प्राविधिक रुपमा भर पर्नुपरेको बताइएको छ ।

पन्तका अभियुक्तलाई पक्राउ गर्न नसक्दा प्रहिरीको अनुसन्धान क्षमता माथि प्रश्न चिन्ह् समेत खडा भएको छ ।
त्यस्तै, तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्र नगरको ओपेरा होटलमा फोटोसुट गरेको र सोहि दिन उनको जन्मदिन समेत परेको थियो ।

कतिपय स्थानीयले घटनामा उनको संलग्नता रहेको आशंका गरेपछि अनुसन्धान टिम त्यतातिर पनि सोझिएको छ । सोहि दिनको सिसिटिभी फुटेज डिलिट भइसकेकोले फुटेज रिकभरका लागि होटलबाट हार्डडिस्क निकालेर अनुसन्धानका लागि प्रहरी मुख्यालयमा ल्याइएको छ । साथै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लागिएको बताइएको छ ।

यो भन्दा अन्य नयाँ कुरा अनुसन्धान टिमले बाहिर ल्याउन सकेको छैन् ।  देश तथा विदेशबाट निर्मलाका लागि न्यायका आवाज स्वतस्फूर्त रुपमा उठिरहेका छन् । हत्याराको खोजीका लागि चारैतीर दवाव सिर्जना भइरहँदा पनि अपराधि यहि नै हो भनेर पत्ता लगाउन नसकिएको अवस्था रहेको छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०९:२० मा प्रकाशित

Himalayan Life AD
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म...

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...