back

कहाँ पुग्यो त निर्मला पन्त हत्याकाण्डको अनुसन्धान ?

वि.सं.२०७५ असोज ५ शुक्रवार

396 

shares
GLOBAL IME AD
NTC AD

५ असोज काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा अहिलेसम्म नयाँ कुरा खासै उपलब्धि हुन सकेको छैन् ।
बलात्कारपछि हत्या भएको २ महिना सकिनै लाग्दा पनि अनुसन्धान पुरानै कुरामा घुमिरहेको देखिन्छ । तथापि पछिल्लो समय डिआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ अनुसन्धान टोली गठन, एसपी दुर्गा चन्द ठकुरीको नेतृत्वमा अनुसन्धान टोली कन्चनपुर खटाइएको भएपनि हत्या सम्बन्धी नयाँ तथ्य भने फेला पर्न सकेको छैन ।

अपराधि पत्ता लाग्ने सम्भावित प्रमाणहरु नष्ट भइसकेको अवस्थामा अनुसन्धान समिति निर्मलाको शरीरको पोस्टमार्टम रिर्पोट वरी–परी नै घुमिरहेको पाइएको छ ।

त्यसका अलावा समितिले घटनास्थल नजिकै रहेको सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि अनुसन्धान केन्द्रीत गरेको छ । तर, अनुसन्धानका लागि सेनालाई पत्राचार नभइसकेको प्रहरी श्रोतले जनाएको नयाँपत्रिका दैनिकमा उल्लेख छ । स्थानीयबाट सूचनामा सहयोग नभएकोले पनि अनुन्धान प्राविधिक रुपमा भर पर्नुपरेको बताइएको छ ।

पन्तका अभियुक्तलाई पक्राउ गर्न नसक्दा प्रहिरीको अनुसन्धान क्षमता माथि प्रश्न चिन्ह् समेत खडा भएको छ ।
त्यस्तै, तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्र नगरको ओपेरा होटलमा फोटोसुट गरेको र सोहि दिन उनको जन्मदिन समेत परेको थियो ।

कतिपय स्थानीयले घटनामा उनको संलग्नता रहेको आशंका गरेपछि अनुसन्धान टिम त्यतातिर पनि सोझिएको छ । सोहि दिनको सिसिटिभी फुटेज डिलिट भइसकेकोले फुटेज रिकभरका लागि होटलबाट हार्डडिस्क निकालेर अनुसन्धानका लागि प्रहरी मुख्यालयमा ल्याइएको छ । साथै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लागिएको बताइएको छ ।

यो भन्दा अन्य नयाँ कुरा अनुसन्धान टिमले बाहिर ल्याउन सकेको छैन् ।  देश तथा विदेशबाट निर्मलाका लागि न्यायका आवाज स्वतस्फूर्त रुपमा उठिरहेका छन् । हत्याराको खोजीका लागि चारैतीर दवाव सिर्जना भइरहँदा पनि अपराधि यहि नै हो भनेर पत्ता लगाउन नसकिएको अवस्था रहेको छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार ०९:२० मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...