back
CTIZAN AD

राष्ट्रियसभाःसंयुक्त समितिका सभापतिको निर्वाचन असोज ७ गते

वि.सं.२०७५ असोज ५ शुक्रवार

819 

shares

५ असोज, काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा- राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ ।

ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन् । निर्वाचन यही असोज ७ गते अपराह्न १ :०० बजे हुने कार्यक्रम छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिअनुसार निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार सङ्घीय संसद्को संयुक्त समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्नेछ ।

दर्ता गराउने समयसीमा बिहान अपराह्न २ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसार सूची प्रकाशन गर्नेछ । असोज ७ गते आइतबार अपराह्न १ : ०० बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सम्पन्न भएको थियो । ती दशमध्ये ६ समितिका सभापतिमा महिला सांसद निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छन् ।

यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य तथा सार्वजनिक लेखा समिति छन् । राष्ट्रियसभाअन्तर्गत चार विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

वि.सं.२०७५ असोज ५ शुक्रवार १५:५६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...