back
CTIZAN AD

सभामुख महराद्धारा साउदीमा कार्यरत नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

वि.सं.२०७५ असोज ५ शुक्रवार

765 

shares

५ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन् ।

सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसका शुभकामना व्यक्त गर्दैै आगामी दिनमा नेपाल र साउदी अरबबीचको सम्बन्ध अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधुर रहेको बताएको सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । “नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधुर र बलियो रहेको छ”, सभामुख महराले भने, “हाम्रो औपचारिक सम्बन्ध मात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ ।” राजनीतिक र कूटनीतिकस्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्दै सभामुख महराले नेपालका लाखौँ नागरिक साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताए ।

“अहिले नेपालका लाखौँ नागरिक रोजगारीका लागि साउदी अरबमा पुगेका छन्”, सभामुख महराले भने, “साउदी अरबमा नेपाली नागरिकको पेशागत तथा भौतिक सुरक्षाजस्ता सवाल हाम्रो चासोका विषय हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”

भेटमा कावा राजदूत अब्दुलकरिमले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकामा खुशी व्यक्त गर्दै वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकलाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताएको बताइएको छ ।

वि.सं.२०७५ असोज ५ शुक्रवार १६:०८ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...