back

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ७ पूग्यो

वि.सं.२०७५ असोज ६ शनिवार

276 

shares
GLOBAL IME AD
NTC AD

६ असोज, काठमाडाँ । विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । शुक्रबार थप एक नेपालीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ पुगेको क्वालम्पुरस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

शुक्रबार मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेका छन् । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ । मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ जना गम्भीर बिरामी परेका थिए । उनीहरूमध्ये १२ को क्वालालम्पुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना उपचारपश्चात घर फर्किसकेका छन् । सिद्धकाली सङ्खुवासभाका लुङ्गनाथ मगर, रानीचुरी सिन्धुलीका जीतबहादुर माझी, मैनापोखर बर्दियाका प्रवीन थारु, महेन्द्रनगर सुनसरीका दुर्गाबहादुर राई र राङ्सी रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् ।

दूतावासका अनुसार रघुनाथपुर बाराका राधेश्याम बैठा, फरेना रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता, मोरङका जम्बिरलाला झाँगड, सुङ्देल, खोटाङका चम्पावति राई, धुलिखेल काभ्रेपलाञ्चोकका चन्द्रसिं तामाङ, ढुङ्ग्रेखोला सर्लाहीका रिकामान स्याङ्ताङ, ठेगाना नखुलेकी सकुवल घिसिङ, राजेशकुमार हजारी, बिमल कार्की र दातेबहादुर सारु मगरको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा विषाक्त मादक पदार्थ सेवनको अवस्थामा टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिङ्गाटा लाग्ने र छिटोछिटो श्वासप्रश्वास बढ्ने जस्ता लक्षण देखिने जानकारी गराएको दूतावासले जनाएको छ ।

दूतावासले यस्ता लक्षण विषाक्त मदिरा सेवन गरेको २४ देखि ४८ घन्टापछि मात्र देखिन सक्ने हुँदा लक्षण देखिने बित्तिकै नजिकको अस्पताल तथा स्वास्थ्य संस्थामा जान सूचित गरेको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार ०८:१३ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...