back
CTIZAN AD

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ७ पूग्यो

वि.सं.२०७५ असोज ६ शनिवार

666 

shares

६ असोज, काठमाडाँ । विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । शुक्रबार थप एक नेपालीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ पुगेको क्वालम्पुरस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

शुक्रबार मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेका छन् । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मृत्यु भएको दूतावासले जनाएको छ । मृतकको शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ जना गम्भीर बिरामी परेका थिए । उनीहरूमध्ये १२ को क्वालालम्पुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना उपचारपश्चात घर फर्किसकेका छन् । सिद्धकाली सङ्खुवासभाका लुङ्गनाथ मगर, रानीचुरी सिन्धुलीका जीतबहादुर माझी, मैनापोखर बर्दियाका प्रवीन थारु, महेन्द्रनगर सुनसरीका दुर्गाबहादुर राई र राङ्सी रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् ।

दूतावासका अनुसार रघुनाथपुर बाराका राधेश्याम बैठा, फरेना रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता, मोरङका जम्बिरलाला झाँगड, सुङ्देल, खोटाङका चम्पावति राई, धुलिखेल काभ्रेपलाञ्चोकका चन्द्रसिं तामाङ, ढुङ्ग्रेखोला सर्लाहीका रिकामान स्याङ्ताङ, ठेगाना नखुलेकी सकुवल घिसिङ, राजेशकुमार हजारी, बिमल कार्की र दातेबहादुर सारु मगरको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा विषाक्त मादक पदार्थ सेवनको अवस्थामा टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिङ्गाटा लाग्ने र छिटोछिटो श्वासप्रश्वास बढ्ने जस्ता लक्षण देखिने जानकारी गराएको दूतावासले जनाएको छ ।

दूतावासले यस्ता लक्षण विषाक्त मदिरा सेवन गरेको २४ देखि ४८ घन्टापछि मात्र देखिन सक्ने हुँदा लक्षण देखिने बित्तिकै नजिकको अस्पताल तथा स्वास्थ्य संस्थामा जान सूचित गरेको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार ०८:१३ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...