६ असोज, युएई । ‘बिरामीलाई छुन चलाउन पाइदैन् । टाढैबाट हेर्नुहोला ।’ वार्ड छिर्ने बेला नर्सले फेरि सचेत गराइन् । ‘मास्क पञ्जा लगाएर मात्र भित्र जानुस् ।’ वार्ड यति सुनसान थियो कि, नर्सको सानो स्पर पनि ठूलो सुनिएको छ । म कोठामा नम्बर ४ अगाडि उभिएको छु । यसलाई निकै संवेदनशील कोठा मानिएको छ । भित्र ओछ्यानमा निदाइरहेका एक युवाका कारण । नाम कुमार फगामे, उमेर २५ वर्ष, । चार वर्ष भयो, कुमार यो ओछ्यानमा सुतेको ।
पर्वतको मोदी गाउँपालिका ४ क्याङका कुमार के कारण कोमामा पुगे कसैलाई थाहा छैन् । १ जुलाई २०१५ । उनी युएई गएको २२ महिना पुग्दै थियो । अघिल्लो दिनमात्र आमासँग फोनमा कुरा गरेर दुई महिना पछि घरफर्कन्छु भनेका उनी खसेर बेहोस् भएको खबर परिवारलाई पुग्यो । कहाँबाट के कारण खसे, जानकारी छैन् परिवारलाई ।
‘कामगर्ने ठाउँबाट ढलेका हुन कि, क्याम्पमा, केही थाहा छैन् ।’ कुमारका भाइ भीमले भने । आजको कान्तिपुर दैनिकमा होम कार्कीले युएइबाट लेखेका छन् ।
वि.सं.२०७५ असोज ६ शनिवार ०८:२६ मा प्रकाशित