back

देशको शिर उचो पार्न नेपाली विद्यार्थीलाई उपराष्ट्रपतिको आग्रह

वि.सं.२०७५ असोज ६ शनिवार

630 

shares

 

६ असोज, काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरेका थिए ।

यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।

उपराष्ट्रपतिले आज बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण गरेका थिए । भ्रमणको क्रममा उनलाई विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले स्वागत गरेका थिए ।

नेपाली विद्यार्थीसँग संक्षिप्त अन्तरक्रिया गर्नुहुँदै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो राख्न आग्रह गरेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । उनले यिपिन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी उत्कृष्ट रहेको बताउँदै थप प्रगतिका लागि शुभकामना दिएका थिए ।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरूले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताए ।

उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाइल र लिगो मोबाइल उत्पादन उद्योगको अवलोकन भ्रमण गरेका थिए । उनले चीनको सबैभन्दा लामो नदी याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गरेका थिए ।

उपराष्ट्रपतिले आज नै आधुनिक चीनका भवन निर्माण डिजाइनका बुवा मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गरे । लियाङ चीन जापान युद्धको बेला बेइजिङबाट याङसी नदीको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । उनले त्यहीँ बसेर आधुनिक चीनको भवनको डिजाइन गरेका थिए ।

 

वि.सं.२०७५ असोज ६ शनिवार १६:४० मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...