back

आयोजनाको सिमेन्ट बिक्री गर्नेमाथि कारवाही गर्न मन्त्री मगरको निर्देशन

वि.सं.२०७५ असोज ६ शनिवार

363 

shares
GLOBAL IME AD
NTC AD

६ असोज, काठमाडौँ  । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिएकी छिन् ।

मन्त्री मगरले आज एक विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छिन् ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाको कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो ।

मन्त्री मगरले राष्ट्रिय गौरवका आयोजना निर्माणको सम्बन्धमा देखिएको यसप्रकारको गम्भीर लापर्बाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसीलाई थप जिम्मेवार भई काम गर्न सचेत गराएकी छिन् ।

वि.सं.२०७५ असोज ६ शनिवार १९:५० मा प्रकाशित

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल...

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

काठमाडौँ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २३...

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...