back

बेगनास तालमा मेसिन पल्टिँदा दुई घाइते

वि.सं.२०७५ असोज ६ शनिवार

297 

shares

६ असोज,लेखनाथ। बेगनास तालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जाना घाइते भएका छन् ।

बेगनास तालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन् ।

आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुङ्गा व्यावसायिक समितिका अध्यक्ष सोमराज कँडेलको अहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ । मेसिनमा भार बढी भएकाले दुर्घटना भएको हुनसक्ने उद्धारकर्मी एवं स्थानीय कर्णबहादुर दुराले बताए ।

पोखराको फेवातालमा जलकुम्भी सफा गर्न प्रयोग गरिँदै आएको मेसिन बेगनास तालमा जलकुम्भी फाल्न प्रयोग गर्न ल्याइएको हो । दुर्घटनामा पोखरा ३१ का वडाअध्यक्ष कमलबहादुर थापा, वडा सदस्य विष्णुबहादुर भुजेल, वडा नं ३१ का इञ्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुङ्गा व्यावसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यावसायिक समितिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी जलकुम्भी फाल्ने मेसिनमा रहे पनि उनीहरुको सकुसल उद्धार गरिएको थियो ।

वि.सं.२०७५ असोज ६ शनिवार २०:१७ मा प्रकाशित

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन काठमाडौमा सुरु

काठमाडौं । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी...

पत्रकार महासंघ पर्वतमा थापा,  तनहुँमा पौडेल विजयी

पत्रकार महासंघ पर्वतमा थापा, तनहुँमा पौडेल विजयी

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा...

पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

सिमकोट (हुम्ला) । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखामा राजन रावतको...

नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न मन्त्रालयको निर्देशन

नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको...

नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग

नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग

काठमाडौँ । नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको...

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा...