
७ असोज, काठमाडौें । अष्ट्रेलिया सरकारले सरकारी कोषबाट प्राप्त हुने कल्याणकारी कोषको रकम नतिरेका आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
अष्ट्रेलियाको केन्द्रीय सरकारले सरकारको कल्याणकारी कोषबाट विभिन्न माध्यमबाट धोका दिएर सुविधा लिने तर नतिर्नेहरुबाट रकम असुल्नका लागि यस्तो उपाय अपनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
मानब शंसाधन मन्त्री माइकल किननले यदि कसैले गलत किसीमले सरकारी कल्याणकारी कोषको रकम लिएको छ र त्यसलाई तिरेको छैन भने उसको विदेश यात्रा रोकिने जनाएका हुन् ।
यसले उक्त व्यक्ति सरकारबाट गलत किसिमले लिएको रकम फिर्ता गर्न बाध्य हुने विस्वास लिइएको छ ।
वि.सं.२०७५ असोज ७ आइतवार ०७:३६ मा प्रकाशित






























