
७ असोज, काठमाडौं । अबको दुई महिनामा नेपालका प्रमुख नदीहरु कोसी र नारायणीमा जलमार्ग सञ्चालनका कठिनाई र पानी जहाजको भार क्षमतामा टुंगो लाग्ने भएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
दुई महिनाभित्र तयार हुने जलमार्ग सम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन यी विषय टुंगो लगाउने भएको हो । नेपालको एक टोलीले भारतको ‘इंग्ल्याण्ड वाटर अर्थोरेटी’ ले कोसीको हनुमाननगर र गण्डकको वाल्मीकि नगरसम्म पानी जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।
हाल अध्ययनका लागि एक टोलीले भारतमा अध्ययन गरिरहेको छ । नेपालमा जलमार्ग सञ्चालनका लागि गठित प्राविधिक टोलीका प्रमुख, जल तथा शक्ति आयोगका सहसचिव माधब बेल्वासेका अनुसार भारतीय पक्षले आगामी दुईमहिना भित्र प्रतिवेदन तयार भइसक्ने जानकारी गराएको छ ।
वि.सं.२०७५ असोज ७ आइतवार ०७:४४ मा प्रकाशित




























