back
CTIZAN AD

आइएमईको दशैंमा बीस लाख योजना , आईएमई गर्नेलाई अफरै अफर 

वि.सं.२०७५ असोज ७ आइतवार

579 

shares

७ असोज, काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राही माझ प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्त आईएमई गर्ने मध्येबाट एक जनालाई २० लाख रुपैयाँ बम्पर उपहार दिने घोषणा गरेको छ ।

त्यस्तै, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ प्रदान गरिने योजनामा उल्लेख छ । हरेक दिन १० जना भाग्यशाली सेवाग्राही छनौट गरिने र उनीहरुलाई ‘आइएमई पे’मार्फत प्रति व्यक्ति एक हजारको दरले १० हजार रुपैयाँको बिल भुक्तानी गरिने छ ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्दतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट गरिने छ । यस योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीलाई लक्ी ड्रमा सहभागी गराइने भएको छ ।

आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदार मूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यस पालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो ।

‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजनाअवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउन व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टीगरिनेछ ।

आईएमईले १८१ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:२८ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...