८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश दीपकराज जोशीलाई महाअभियोग नलगाउन सत्ता पक्षलाई सचेत गराएको छ ।
राष्ट्रिय सभामा आइतबार विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीलाई महाअभियोग लगाउनु राजनीतिक गल्ति हुने उल्लेख गरेका छन् ।
‘कांग्रेसले विगतमा तत्कालिन प्रधानन्यायाधिश शुसीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा पेस गरेर गल्ती गरेकाले चुनावमा अहिलेको हालतमा पुग्यो,’ सांसद अधिकारीले भने, ‘ कांग्रेस जस्ताको जस्तो गल्ती सत्तापक्षले नगरोस् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सर्वोच्च अदालतको काम कसरी अघि बढाउने, कसलाई जिम्मा दिने, नयाँ प्रधानन्यायाधिको अधिकारको क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ स्वतन्त्र रुपले काम गर्ने वातावरण हुनुपर्ने अधिकारीले बताए ।
वि.सं.२०७५ असोज ८ सोमवार ०८:१४ मा प्रकाशित