८ असोज, काठमाडौँ । बुढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयको पुर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले विरोध गरेका छन् ।
अमेरिकामा रहेका डाक्टर भट्टराईले ट्विट गर्दै बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो जस्तो बनाएको टिप्पणी गरेका छन् ।
बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन नसक्ने ठहर गर्दै पुर्वप्रधानमन्त्री भट्टराईले विकास समितिमार्फत बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका थिए । उनले विकास समितिमार्फत नेपाल सरकारले नै बनाउनुपर्ने टिप्पणी गरेका छन् ।
बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ! देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो।#SaveBudhigandaki https://t.co/AR06FVWPfR
— Baburam Bhattarai (@brb1954) September 24, 2018
वि.सं.२०७५ असोज ८ सोमवार ०९:३२ मा प्रकाशित