back

दसैंका लागि नयाँ नोट असोज २१ गतेबाट साट्न पाईने

वि.सं.२०७५ असोज ८ सोमवार

681 

shares

८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज २१ गतेबाट सटही सुविधा दिने भएको छ ।
गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गथ्र्यो। यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ ।

साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ।

राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालयहरू र उसको मातहतमा सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि नोट वितरण गर्ने छन्। यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने राष्ट्र बैंकको लक्ष्य छ ।

वि.सं.२०७५ असोज ८ सोमवार ०९:५७ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामसङ नेपालले घोषणा गरे होलीको अफरः वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

सामसङ नेपालले घोषणा गरे होलीको अफरः वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

काठमाडाैँ । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...