back

चीन-अमेरिका बीचको व्यापारिक तनाव बढ्दै, चिनीया सामानमा कर बृद्धि

वि.सं.२०७५ असोज ८ सोमवार

294 

shares
GLOBAL IME AD
NTC AD

८ असोज, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।

योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ । विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ ।

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले चीनले स्वच्छ व्यापारलाई बढावा नदिए चीनबाट आपूर्ति हुने सबै सामानमा करवृद्धि गर्ने चेतावनी दिएका छन् । चीनले खासगरी बजारको लोभ देखाएर अमेरिकी उच्च प्रविधि, रोजगारी र ठूला उद्योग सुटुक्क चीन लगेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

बदलामा बेइजिङले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने घोषणा गरिसकेको छ । चीनले ५ हजार २०० किसिमका अमेरिकी सामानमा ५ देखि १० प्रतिशत करवृद्धि गर्ने लक्ष्य राखेको छ । यो सहित अमेरिकाबाट आयात हुने करिब एकसय १० अर्ब डलर बराबरका सामानमा कर लाग्नेछ । अर्थात् अमेरिकाबाट आयात हुने सबै वस्तुमा अब कर लाग्नेछ ।

तर राष्ट्रपति ट्रम्पले “तेस्रो चरण”को करवृद्धि पनि हुने चेतावनी दिएका छन्। उनले चीनबाट आयात हुने अरु दुईसय ६७ अर्ब डलर बराबरका सामानमा करवृद्धि गर्ने उल्लेख गरेका छन् । यो चेतावनी कार्यान्वयनमा आए चीनबाट आयात हुने सबै वस्तुमा करवृद्धि हुनेछ ।

विश्वका यी दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको संवाद पनि पछिल्ला समय पातलिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले सेप्टेम्बरमा वासिङ्टन पठाउने भनिएको वार्ता टोलीको यात्रा कार्यक्रम रद्द गरेको छ । गत अगस्टको अन्त्यतिर भएको वार्तामा पनि खासै प्रगति भएको थिएन ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । कोषका प्रवक्ता गेरी राइसले करवृद्धिले दुवै मुलुकका साथै विश्वका अन्य राष्ट्रमा पनि प्रभाव पार्ने बताए ।

वि.सं.२०७५ असोज ८ सोमवार २०:०६ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...