
९ असोज, काठमाडौं । हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चलअचल सम्पत्तिको सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधानलाई करिब ३ हजार निजामति कर्मचारीले उल्लंघन गरेका छन् ।
भ्रष्टाचार निवारण ऐन २०४९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्बन्धित कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था लागु गरेको छ । यस अनुसार गत आव २०७४÷७५ का लागि सम्पत्ति विवरण बुझाउनु पर्ने अन्तिम म्याद भदौ २९ गते सम्म रहेको निजामति किताब खानाले जनाएको छ ।
निजामति कर्मचारीको हकमा सम्पत्ति विवरण बुझाउने ठाउ निजामति किताव खाना तोकिएको छ । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज ९ मंगलवार ०८:३७ मा प्रकाशित
























