back

विषाक्त मदिरा सेवनबाट मलेसियामा थप दुई नेपालीको मृत्यु, तीनको अवस्था गम्भीर

वि.सं.२०७५ असोज ९ मंगलवार

471 

shares

९ असोज, काठमाडौँ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले सोमबार जनाएको छ ।

दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरूमध्ये सात नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् । अन्य बिरामी १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०९:३३ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...