back

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

वि.सं.२०७५ असोज ९ मंगलवार

594 

shares

९ असोज, संयुक्त राष्ट्रसंघ । एएफपी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उनले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसङ्घको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गर्नुभएको होे । ”

उनले धेरै बिषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिए ।

“हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाडै नै होला जस्तो लागेको छ ।”

दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरुको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेिर वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए ।

दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चाडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन् ।

ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिङ्गापुरमा भएको थियो ।

वि.सं.२०७५ असोज ९ मंगलवार १०:१४ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...