back

तेजाब छर्किएकी महिला गम्भीर

वि.सं.२०७५ असोज ९ मंगलवार

294 

shares
GLOBAL IME AD
NTC AD

९ असोज, चितवन । तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए । परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताए । विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ । परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ ।

घाइते परियारको विदेशमा रहेका श्रीमान फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ । परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताए । उनीहरु छिमेकी हुन ।

पाँच महीनामा ५६५ गुण्डागर्दीका मुद्दा

जिल्ला प्रहरी कार्यालय चितवनले गएको पाँच महीनामा गुण्डागर्दी गर्ने ५६५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गएको वैशाख महीनामा जिल्लालाई सुरक्षित र शान्त बनाउने अवधारणास्वरुप विशेष अभियान शुरु गरिएको थियो । गुण्डागर्दी गर्नेलाई नियन्त्रण गर्न विशेष अभियान थालिएको हो ।

गुण्डागर्दी गर्नेको खोज्ने, बढार्ने र छान्ने यस अभियानलाई प्रहरीले सर्च, स्वीप एण्ड स्क्रिनिङ अप्रेशन नामाकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार अभियानअन्तर्गत विभिन्न ठाउँमा एक हजार ७०० लाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि छानबिन गरी दोषी देखिएका माथि मुद्दा दर्ता गरिएको हो ।

जिल्लामा पाँच प्रकारका गुण्डागर्दी गर्ने रहेका छन । जसलाई फ्याउरे, टोले, संरक्षित, राजनीतिक र व्यावसायिकरुपमा प्रहरीले वर्गीकरण गरेको छ । पछिल्लो समय प्रहरीले अभियान थालेसँगै राजनीतिक र व्यावसायिक गुण्डा पूर्णरुपमा नियन्त्रणमा रहेको उनले बताए अन्य प्रकारका गुण्डा भने अझै रहेका छन ।

यसअघि गुण्डागर्दीमा संलग्न भएर अहिले सामान्य जीवनयापन र व्यवसाय गरिरहेका १७ जनामाथि प्रहरीले निगरानी राखिरहेको जनाएको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी र प्रहरी बिट मातहतका क्षेत्रमा गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत काम गरेको हो ।

जिल्लामा ६३ ठाउँमा प्रहरीका एकाइ छन । ती एकाइले शङ्कास्पद ठाउँमा घेराहाली छानबिन गरेर गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । पक्राउ परेकालाई सामान्यतया सार्वजनिक हितविरुद्धका ऐनदेखि सङ्गठित अपराधसम्मका मुद्दा चलाइएको ढकालले बताए ।

वि.सं.२०७५ असोज ९ मंगलवार १२:०८ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...