
१० असोज, काठमाडौं । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएको रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ ।
अध्यक्ष बाबुराम रेमी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोद कुमार श्रेष्ठ बैद्यको इजलासले १४ आरेपित मध्ये ९ जनालाई भ्रष्टाचार ठहर गरेको छ । बाँकीलाई भने सफाई दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अदालतले कोषका तत्कालीन कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठले एक लाख १४ हजार ७ सय ३९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै पाँचमहिना कैद हुने ठहरसहित विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एकमहिना कैद फैसला भएको बिशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताए ।
श्रेष्ठ विद्ध अख्तियारले दुई करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार गरोको आरोप लगाएको थियो ।
वि.सं.२०७५ असोज १० बुधवार ०८:२४ मा प्रकाशित