back
CTIZAN AD

प्रविधि भित्र्याउन एग्रेसिभ बन्दै लक्की ग्रपु, आईक्लाउड उपलब्ध गराउन अलिबाबासँग साझेदारी

वि.सं.२०७५ असोज १० बुधवार

642 

shares

१० असोज, काठमाडौँ । अलिबाबा समुहको क्लाउड कम्प्युटिङ शाखा अलिबाबा क्लाउडले लक्की ग्रुप कम्पनीको टेलिनेटसँग साझेदारी गरेको छ ।

नेपालको बजारमा शक्तिशाली, सुरक्षित, भरपर्दो र कम लागतका क्लाउड कम्प्युटिङ उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने लक्ष्यका साथ साझेदारी भएको अलिबाबाले जनाएको छ । यस कार्यबाट यहाँका स्थानीय व्यवसायीहरुलाई डिजिटल रुपान्तरणबाट प्रस्तुत विभिन्न अवसरहरुको लाभ मिल्ने कम्पनीको दावी छ ।

लक्की ग्रुप कम्पनीको टेलिनेट नेपालमा आइभिआर सहितको टेलिकम भिएएस, वेब, एप र डब्लुएपि आधारित सोलुसनहरु, डिजिटल रुपान्तरण, आइओटि लगायत सबै टिभी शोहरु र रियालिटी शोहरुका लागि टेलि–भोटिङ मन्चहरु आदि डिजिटल व्यवसायमा संलग्न रहँदै आएको छ ।

डोमेनको विस्तार पनि गरिरहेको छ । यो सहकार्यसँगै अलिबाबा क्लाउडले यो डिजिटल युगमा स्थानीय व्यवसायको लागि डिजिटल रुपान्तरणमा सहभागी हुनेछ । अलिबाबा क्लाउडले उच्च पर्फर्मेन्स, क्लाउडमा लचिलो कम्प्युटिङ क्षमताहरु प्रदान गराउँदछ र यि सेवाहरु खरीद गर्न उपलब्ध छन् र भुक्तानी तपाईंले रोजेको मोडल अनुसार हुनेछ ।

यसमा भण्डारण, सम्बद्ध डाटाबेसहरु, बिग डाटा प्रशोधन र अनुसन्धनात्मक, आधुनिक सुरक्षण र सामग्री उपलब्ध गराउने नेटवर्कहरु समाविष्ट छन् ।

अलिबाबा क्लाउड इण्डियाका जनरल मैनेजर डा।एलेक्सले भने, ‘अलिबाबा क्लाउड डिजिटल युगको अवसरहरुको उपयोग गर्न भविष्य प्रमाणित प्रविधिहरु जुन हामी संचालन गर्दछौं त्यसलाई बजारमा उपलब्ध गराएर सबै खाले व्यवसायहरुको सशक्तिकरणका लागि सदैव समर्पित छ । हाम्रो लक्ष्य नेपालमा सबै खाले व्यवसायहरुले प्राथमिकतामा राखेको क्लाउड सर्भिस सेवा प्रदायक बन्ने रहेको छ र यसको लागि हामीले टेलिनेटको स्थानीय विज्ञसँग हातेमालो गरेर क्लाउड सोलुसनका सम्पूर्ण सेवाहरु प्रदान गर्ने नीति लिएका छौं ।’

टेलिनेट प्रा.लि.का अध्यक्ष प्रतिक जलानले भने, ‘हामी नेपालमा अलिबाबा क्लाउडसँग साझेदार गर्न पाएकोमा अति नै उत्साहित छौं । हामीले नेपालका विभिन्न क्षेत्रहरुमा क्लाउड आधारित उत्पादनहरुको बढ्दो मागलाई देखेका छौं । अलिबाबा क्लाउडसँग भएको यो साझेदारीले हाम्रा इन्टरप्राइज ग्राहकहरुका लागि हाम्रो डिजिटल क्षमता अझ विस्तार गर्नेछ । साथै हामी हाम्रो च्यानल पार्टनर इकोसिस्टमसँग पनि सहकार्य गर्न लालायित छौं जसले गर्दा प्रयोगकर्तउत्तम छनौट र बढी लचिलो अफरहरु मार्फत् सम्पूर्णता सहितको उत्कृष्टता प्रदान गर्न सकियोस् ।’

अलिबाबा क्लाउडसँग अहिले विश्वभर रहेका १८ वटा आर्थिक केन्द्रहरुमा ४९ वटा उपलब्धता क्षेत्रहरु रहेका छन्, यसको पहुँच क्षेत्र चीन, हङकङ, सिंगापुर, जापान, अष्ट्रेलिया, मध्यपूर्व, युरोप, भारत र यु एस (पूर्वी र पश्चिमी कोस्ट) भित्र पर्दछन् ।

वि.सं.२०७५ असोज १० बुधवार ०९:१६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...