back
CTIZAN AD

पशुपालनबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी गर्छन् डुम्रे

वि.सं.२०७५ असोज १० बुधवार

735 

shares

 

१० असोज, वालिङ । यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका छन् ।

झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आएका छन् । भौतिक संरचना निर्माण तथा गाई भैँसी खरीदका लागि हालसम्म रू एक करोड ३० लाख लगानी रहेको फार्म सञ्चालक डुम्रेले बताए । युवा व्यवसायी डुम्रेको फार्ममा हाल साना तथा ठूला गरी ८० वटा पशु रहेका छन् ।

‘फार्ममा २२ वटा मुर्रा, आठ स्थानीय जातका भैँसी, ११ जर्सी र हल्याण्ड जातका गाई दुहुना छन्’ युवा व्यवसायी डुम्रेले भने ‘अहिले फार्ममा दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ ।’

यहाँ उत्पादन भएको दूध बिक्रीका लागि बजारसम्म लैजान खरीद गरिएको सवारी साधनमार्फत दैनिकरूपमा वालिङ तथा गल्याङ बजारमा लैजाने गरिएको छ ।
“मैले साउदीमा रहँदा पनि यस्तै पशुपालन गर्ने फार्ममा काम गरेको हुँ त्यहाँ रहँदा सिकेका सीप यहाँ आएर आफ्नै ठाउँमा गरेको छु” युवा व्यवसायी डुम्रेले भने, “दूधका अलावा कसैले पनिर, घ्यू, दही, नौनीको माग गर्नुभएमा पनि फार्मबाटै उपलब्ध गराउने गरेको छु ।”

फार्मबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ भने खर्च औसतमा तीन लाख ३५ हजार हुँदा मासिकरूपमा डेढ लाख बढी बचत हुने गरेको फार्म सञ्चालक डुम्रे बताउनुहुन्छ । डेढ सय रोपनीमध्ये २० रोपनी आफ्नै जग्गा र अरू जग्गा भाडामा लिएर पशुपालन गर्दै आउनुभएका डुम्रेले हाल १० जनालाई रोजगारीसमेत दिएका छन् ।

“साउदीमा सिकेको सीप पूरै यहाँ कार्यान्वयन गर्न सकिरहेको छैन” युवा व्यवसायी डुम्रेले भने, ‘गोबर र पिसाबबाट ग्यास निकालेर बिक्री गर्ने योजना छ तर लगानी अझै थप्नुपर्छ के गर्नु कृषि भाषणको विषय भयो बैंकले सस्तो ब्याजदरमा ऋण दिँदैनन् ।’ रासस

 

वि.सं.२०७५ असोज १० बुधवार १७:२७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...