back

अपहरण तथा हिंसाका घटना बढ्दै गएको भन्दै सांसदको चिन्ता

वि.सं.२०७५ असोज १० बुधवार

267 

shares
GLOBAL IME AD
NTC AD
तस्बिर : रासस

१० असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई÷मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि एसिड (तेजाब) प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।

शून्य समयमा बोल्ने सांसदले अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

महिला हिंसा अन्त्य गर्ने विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग पूरा गर्न, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा’लाई पूरा गर्न भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनीहरूको आग्रह थियो ।

उनीहरुले गत भदौ २७ गतेको अविरल वर्षाले लमजुङ र मनाङ जिल्ला जोड्ने यातायात अवरुद्ध भएको, चाडपर्वको मुखमा मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन, नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक तथा औषधि एवं आवश्यक उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा आफ्ना धारणा राख्ने दिलकुमारी, दिव्यमणि राजभण्डारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, टेकप्रसाद तिमल्सिना, धर्मशीला चापागाईं, नागेन्द्र कुमार, नारदमुनि राना, नारायणप्रसाद खतिवडा, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रेमबहादुर आले र बालकृष्ण खाँण रहेका थिए ।

वि.सं.२०७५ असोज १० बुधवार १७:३२ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...