back

१३ जिल्लामा सामाजिक विकास कार्यालय खोलिने

वि.सं.२०७५ असोज १० बुधवार

336 

shares
GLOBAL IME AD
NTC AD

१० असोज, हेटौँडा, । प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयको रु दुई अर्ब ९९ करोड ९८ लाख ६ हजारको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । केन्द्र सरकार र मन्त्रालय सहितको कूल बजेट रु चार अर्ब २१ करोड ८५ लाख रहेको छ ।

जसअन्तर्गत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिकजस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ । छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमको त्रैमासिक रूपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनाराण पौडेलले जानकारी दिएका छन् ।

मन्त्रालयको वार्षिक कूल कार्यक्रम तथा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमको बारेमा समेत जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रदेशस्तरीय प्रयोगशाला सम्बन्धी मापदण्ड निर्धारण, आर्र्युेवेदिक तथा वैकल्पिक चिकित्साको प्रदेशस्तरीय नीति तयार गर्ने जस्ता कार्य सम्पन्न गरिने सचिव पौडेलले बताए ।

त्यसैगरी पत्रकारको प्रश्नको जवाफमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेकको मस्यौदा तयार भई सदनमा पेश गरिएको जानकारी दिए ।

त्यसैगरी उनले स्वयम्सेवक परिचालन कार्यविधि निर्देशिकासमेत तयार भइसकेको बताए । मन्त्री दुलालले अबको दोस्रो त्रैमासिक अवधिमा द्वन्द्व प्रभावितको लागि स्वरोजगारमूलक तालीम सञ्चालन गरिने, आपतकालीन बाल उद्धार कोष सञ्चालन गर्ने, जिल्लास्तरीय रङ्गशाला निर्माण कार्यक्रमलगायतका धेरै कार्यक्रम गरिने बताएका छन् ।

साथै उनले प्रदेश नं ३ अन्तर्गत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम सञ्चालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने बताए ।

वि.सं.२०७५ असोज १० बुधवार १७:३६ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...