back

उपचारमा राहत पाउने जटिल रोगका ५४० ले सेवा पाए

वि.सं.२०७५ असोज १० बुधवार

360 

shares
GLOBAL IME AD
NTC AD

१० असोज, घोराही । सरकारले देशभरका विभिन्न अस्पताललाई सूचीकृत गरी जटिल रोग लागेका विपन्न परिवारका बिरामीलाई उपचारका लागि राहत दिने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रशासन अधिकृत मीनराज पाण्डेका अनुसार गत आर्थिक वर्ष २०७४ देखि ७५ असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट विभिन्न रोगका ५४० ले उपचार सुविधा पाएका छन् । अल्जाइमरको एक, क्यान्सरको २००, थालेसिमियाको एक, बे्रन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकल सेलको ३६, स्पाइनल इन्जुरीको आठ, हेड इञ्जुरीको १२ ले सिफारिश लिएर उपचार गराए जसमा २९४ पुरुष र २४६ महिला थिए । ती बिरामीले कम्तीमा रु एक लाखसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डेले जानकारी दिए ।

उपचार पाउन स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिश, नागरिकता, जिल्ला बाहिरबाट आएको भए वसाइसराइको कागज, बालबालिका भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्ने उनले बताए ।

सरकारले निःशुल्क उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्तीबाल अस्पताल, गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, निजामती कर्मचारी अस्पताल, मनमोहन कार्डियो थोरासिक, मानव अङ्ग प्रत्यारोपण केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन लगायत देशभरका ७६ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।
दाङको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अञ्चल अस्पताललगायत सूचीकृत स्वास्थ्य संस्थामा छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने सिकलसेल र डायलासिसको सुविधा पाइन्छ ।

वि.सं.२०७५ असोज १० बुधवार १९:०४ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...