back
CTIZAN AD

उपचारमा राहत पाउने जटिल रोगका ५४० ले सेवा पाए

वि.सं.२०७५ असोज १० बुधवार

717 

shares

१० असोज, घोराही । सरकारले देशभरका विभिन्न अस्पताललाई सूचीकृत गरी जटिल रोग लागेका विपन्न परिवारका बिरामीलाई उपचारका लागि राहत दिने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रशासन अधिकृत मीनराज पाण्डेका अनुसार गत आर्थिक वर्ष २०७४ देखि ७५ असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट विभिन्न रोगका ५४० ले उपचार सुविधा पाएका छन् । अल्जाइमरको एक, क्यान्सरको २००, थालेसिमियाको एक, बे्रन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकल सेलको ३६, स्पाइनल इन्जुरीको आठ, हेड इञ्जुरीको १२ ले सिफारिश लिएर उपचार गराए जसमा २९४ पुरुष र २४६ महिला थिए । ती बिरामीले कम्तीमा रु एक लाखसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डेले जानकारी दिए ।

उपचार पाउन स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिश, नागरिकता, जिल्ला बाहिरबाट आएको भए वसाइसराइको कागज, बालबालिका भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्ने उनले बताए ।

सरकारले निःशुल्क उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्तीबाल अस्पताल, गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, निजामती कर्मचारी अस्पताल, मनमोहन कार्डियो थोरासिक, मानव अङ्ग प्रत्यारोपण केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन लगायत देशभरका ७६ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।
दाङको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अञ्चल अस्पताललगायत सूचीकृत स्वास्थ्य संस्थामा छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने सिकलसेल र डायलासिसको सुविधा पाइन्छ ।

वि.सं.२०७५ असोज १० बुधवार १९:०४ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...