back

रात्रि बसमा दुई चालक अनिवार्य राख्ने निर्देशन

वि.सं.२०७५ असोज ११ बिहीवार

297 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, अत्तरिया । प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार यातायात व्यवसायीलाई मन्त्रालयमा बोलाएर सो निर्देशन दिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिए ।

उनले २०० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरुप गर्न व्यवसायीलाई निर्देशन दिइएको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दशैँ आइरहेकाले यो समयमा यात्रुको चाप बढी हुने गरेकाले यात्रीको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले नियमनमा कडाइ गर्न लागेको बताए । गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरिएको मन्त्री बोहराले बताए ।

यातायात व्यवस्था कार्यालय धनगढीले दशैँ र तिहारको समयमा यात्रुको सुविधाका लागि धनगढीको चौराहा र अत्तरियाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने जानकारी दिएको छ । ट्राफिक प्रहरीले दशैँ र तिहारमा यात्रीलाई सुरक्षित रुपमा गन्तव्य सम्म पु¥याउन ट्राफिक नियमको पालना गर्नुपर्ने, यात्रीको सामानभन्दा बाहेक अन्य सामान बोक्न नपाइने र सिटभन्दा बढी यात्री राखेको पाइएमा नियमअनुसार हुने कार्वाही गरिने जनाएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार ०८:५९ मा प्रकाशित

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन...

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको...