back

कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका

वि.सं.२०७५ असोज ११ बिहीवार

459 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिकस्थलका हकमा यो निर्देशिका लागू हुने जनाएको थियो । निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई पनि धार्मिकस्थल भनी परिभाषित गरेको छ । विसं २०७३ कात्तिक २ गते मन्त्रालयले निर्देशिका जारी गरेको थियो । धार्मिकस्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवं जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने निर्देशिकामा उल्लेख छ । निर्देशिका आएलगत्तै कार्यान्वयनका लाग तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरिएको मन्त्रालयका पुरातत्व अधिकृत करुणा नकर्मीले जानकारी दिए ।

“पत्राचार गरेपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा समिति गठन गरेर भेटी व्यवस्थापन भएको जानकारी प्राप्त भएको छ, अनुगमनका क्रममा अन्यत्र भेटी व्यवस्थापन हुन सकेको छैन”, उनले भने ।

अनुगमनका क्रममा बागलुङको कालिका मन्दिरमा समितिले नै भेटीलगायतको व्यवस्थापन राम्रो गरेको भेटिएको मन्त्रालयले जनाएको छ । विसं २०६८ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरको भेटी भने पारदर्शी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषले बनाएको भेटी व्यवस्थापन नियमावलीले पशुपति क्षेत्रका अन्य मन्दिरको भेटी पारदर्शी गर्ने भनिए पनि अझै हुन सकेको छैन । पशुपतिनाथको चन्दा बाकसमा हालिएको भेटी हालसम्म खर्च कटाएर रु १८ करोड कोषको खातामा रहेको लेखा शाखा प्रमुख प्रेमहरि ढुङ्गानाले जानकारी दिए । भेटीबाट जम्मा भएको पैसाले पशुपतिनाथको नित्य, विशेष पूजा चलाउने, भट्ट, भण्डारीलगायत कर्मचारीलाई तलब दिने गरिएको कोषले जनाएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १३:१४ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...