back
CTIZAN AD

कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका

वि.सं.२०७५ असोज ११ बिहीवार

900 

shares

११ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने धार्मिकस्थलका हकमा यो निर्देशिका लागू हुने जनाएको थियो । निर्देशिकाले मठमन्दिर, गुम्बा, मस्जिद र चर्चलाई पनि धार्मिकस्थल भनी परिभाषित गरेको छ । विसं २०७३ कात्तिक २ गते मन्त्रालयले निर्देशिका जारी गरेको थियो । धार्मिकस्थलमा श्रद्धापूर्वक अर्पण गरिने नगद र द्रव्य पदार्थ एवं जुनसुकै प्रकारको जिन्सी सामानसमेत भेटी हुने निर्देशिकामा उल्लेख छ । निर्देशिका आएलगत्तै कार्यान्वयनका लाग तत्कालीन जिल्ला विकास समितिलाई पत्राचार गरिएको मन्त्रालयका पुरातत्व अधिकृत करुणा नकर्मीले जानकारी दिए ।

“पत्राचार गरेपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा समिति गठन गरेर भेटी व्यवस्थापन भएको जानकारी प्राप्त भएको छ, अनुगमनका क्रममा अन्यत्र भेटी व्यवस्थापन हुन सकेको छैन”, उनले भने ।

अनुगमनका क्रममा बागलुङको कालिका मन्दिरमा समितिले नै भेटीलगायतको व्यवस्थापन राम्रो गरेको भेटिएको मन्त्रालयले जनाएको छ । विसं २०६८ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरको भेटी भने पारदर्शी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषले बनाएको भेटी व्यवस्थापन नियमावलीले पशुपति क्षेत्रका अन्य मन्दिरको भेटी पारदर्शी गर्ने भनिए पनि अझै हुन सकेको छैन । पशुपतिनाथको चन्दा बाकसमा हालिएको भेटी हालसम्म खर्च कटाएर रु १८ करोड कोषको खातामा रहेको लेखा शाखा प्रमुख प्रेमहरि ढुङ्गानाले जानकारी दिए । भेटीबाट जम्मा भएको पैसाले पशुपतिनाथको नित्य, विशेष पूजा चलाउने, भट्ट, भण्डारीलगायत कर्मचारीलाई तलब दिने गरिएको कोषले जनाएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १३:१४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...