back

पहिलो पर्यटकलाई सम्मान

वि.सं.२०७५ असोज ११ बिहीवार

330 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, भद्रपुर । पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ ।

विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्याण्डका अरुनमेन उदनान र चाचना सिनपुरु रहेका छन भने भारतको आसामका रञ्जन कश्यप रहेका छन ।

उनीहरुलाई सम्मानस्वरुप झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खादा र अबीर लगाइ दिएको थियो । सो अवसरमा महिला पर्यटकलाई हरियो पोते र पुरुष पर्यटकलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो । थाई पर्यटक चाचना सिनपुरुले भगवान बुद्ध जन्मेको देश नेपाल अति सुन्दर र शान्त छ भन्ने पढेर नेपाल घुम्न आएको बताए ।

भारतको गुवाहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीका अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका भारतीय पर्यटक रञ्जन कश्यपले काठमाडौँमा पशुपतिनाथको दर्शन गर्ने चाहना राखेर नेपाल आएको बताए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १३:२० मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...