back

श्रवणशक्ति कमः चित्रकलामा निपुण

वि.सं.२०७५ असोज ११ बिहीवार

375 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, काठमाडौँ । नेपाली समाजमा शारीरिक अपाङ्गता भएका मानिसले समाजमा खुलेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर विरलै पाउँछन । त्यस्ता व्यक्तिको विवाह पनि कमैको हुने गरेको छ । ललितपुर कुपण्डोलमा जन्मनुभएकी ३६ वर्षीया रश्मि अमात्य भने बोल्न नसक्ने भएर पनि एक उदाहरणीय पात्र बनेको छ ।

विवाहअघि आफ्ना रहरलाई खुम्च्याएर राख्न बाध्य उनको विवाह लमजुङका हरि अधिकारीसँग भएपछि उनको दिशा नै बदलियो । उनी संकेतमार्फत भन्छिन, “मैले त कल्पना पनि गर्न सकेकी थिइन म पनि पढ्न सक्छु, केही गर्न सक्छु भनेर ।” श्रीमानको साथ र हौसलाले आफूलाई अघि बढ्न मद्दत मिलेको उनी बताउछिन । सामान्यभन्दा असामान्य हुँदा नै आफूले प्रगति गर्न सकेको रश्मिको जिकिर छ ।

आफू बोल्न नसक्ने भए पनि परिवारमा छोरीले बोल्न सक्दिन भन्ने लाजले आफूलाई सामान्य व्यक्ति पढ्ने विद्यालयमा नै भर्ना गरिदिएको रश्मिले बताउछिन । बहिरा विद्यालय धेरै टाढा भएपछि उनलाई कुपण्डोलकै नाइटिङ्गेल विद्या मन्दिरमा भर्ना गरिएको थियो । “अरु साथीहरुले पढेर बस्दा म केही बुझ्दिनथेंँ, अल्छी लाग्थ्यो र चित्र कोरेर बस्थेंँ”, उनले भनिन् । केही दिनसम्म गृहकार्य गरेर शिक्षकशिक्षिकाबाट कुटाइ खाए पनि शारीरिक अवस्थाका बारेमा थाहा पाइसकेपछि उनीहरुबाट उनले हौसला पाएको थियो ।

विसं २०३९ मा जन्मीएकी रश्मिलाई परिवारमा बुवाको सहयोग नभए पनि आमाले भने चित्र बनाउन सिकाउने गर्थिन् । आमाको सल्लाहपछि नै उनले चित्रकलासम्बन्धी तालीम लिएको थियो । सधैंँ पसलमा मात्र व्यस्त हुने उनको परिवारबाट आफूले समय नपाउँदा चित्र बनाउने काम नै उनको मुख्य थियो ।

उनी कक्षा नौसम्म लगालग उत्तीर्ण भए पनि प्रवेशिका परीक्षा भने उत्तीर्ण भएन । अनुत्तीर्ण भएपछि उनले पढाइ नै छाडिदियो । पढाइ छाडेपछि उनी नेपाल बहिरा सङ्घमा आबद्ध भयो । सङ्घमा आबद्ध भएपछि आफूले त्यहीँबाट नाटक सिक्ने अवसर पाएको उनी बताउछिन । शुरुआतमा उनले कृष्ण सहयात्रीको तीन नाटकमा काम गर्ने अवसर पाउएको थियो । नाटककै क्रममा रश्मिको भेट हरिसँग भएको थियो ।

हरिसँग विवाह भएपछि नै उनले पढाइलाई निरन्तरता दिँदै व्यावसायिक रुपमा चित्र बनाउने काम गर्न थालेको थियो । चित्र बनाउने गरेर मात्र नसिकिने लागेपछि हाल उनी काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्नातक तहमा ललितकला विषय अध्ययन गर्दै छिन । चित्र कोर्नमा निपुण उनले हाल आफूजस्तै बोल्न नसक्ने बालबालिकालाई चित्र बनाउन सिकाउने काम समेत गर्दै आएको छ । रश्मिले कलाकारका रुपमा बालबालिकालाई चित्र बनाउन सिकाउने गर्छिन भने उनका श्रीमानले सहयोगीका रुपमा काम गर्दै आएको छ । हाल उनले लमजुङ, नुवाकोट, पाल्पा, सर्लाहीलगायत १६ जिल्लामा संस्थागत र व्यक्तिगत रुपमा चित्रकला तालीम दिइसकेकी छिन ।

“म कल्पनासमेत गर्न सक्दिन पहिले कसैसँग मनका कुरा व्यक्त गर्न नसक्ने म आज सबैसँग खुलेर कुरा गर्न र सिकाउन समेत सक्ने भएकी छु”, उनले हर्षित हुँदै भनीन् । आफूजस्ता अपाङ्गता भएका व्यक्तिलाई आफूले मन लागेका काम गर्नुपर्ने सुझाव उनको छ । उनी थप्छिन, “हामीजस्ता बोल्न नसक्ने व्यक्तिको शब्द पनि सीमित छ, भावना व्यक्त गर्ने उपयुक्त माध्यम भनेकै चित्रकला हो ।” रश्मिकै नामबाट हात्तीवन निवासी अधिकारी दम्पतीले हाल कुपण्डोलमा ‘रश्मि आर्ट हाउस’ सञ्चालन गर्दैआएको छ । “विवाहअघि त जिन्दगी अन्धकारजस्तै लाग्थ्यो, कसैको हौसला पनि थिएन तर अहिले धेरै काम गर्न सफल भएको छु”, रश्मिले भनिन् । हाल उनले बोल्न नसक्ने बालिकाहरुलाई विभिन्न जनचेतनामूलक तालीमसमेत दिँदै आएकिछिन । उनी आफ्नो सफलताको श्रेय पतिलाई नै दिन्छिन ।

हरि चलचित्र निर्माता हुुनुहुन्छ । ‘उडी छुनु चन्द्र एक’ नामक टेलिचलचित्रको कलाकारमा बोल्न नसक्ने कलाकारको आवश्यकता परेपछि अधिकारी बहिरा सङ्घमा पगेकी थिइन् । सोही क्रममा उनीहरुको भेट २०६४ सालमा भएको थियो । रश्मिले उक्त टेलिचलचित्रमा प्रमुख पात्रको भूमिका निर्वाह गरेकी छिन । “पाँच महिनासम्म सँगै काम गरेपछि म अष्ट्रेलिया गएँ, उतै हँुदा नै मलाई रश्मिले साथ पाइन भने केही गर्न सक्छिन भन्ने लागेपछि उसलाई विवाहको लागि प्रस्ताव राखेंँ”, अधिकारीले बताए । उनीहरुको विवाह २०६५ सालमा भएको थियो ।

दुवैको जात फरक भए पनि मागीविवाह नै भएको थियो । “अरू सामान्य केटीसँग विवाह गरेको भए राम्रो हुन्थ्यो भन्ने होइन, विवाह भएको दश वर्षसम्म पनि हाम्रो सम्बन्ध अहिले उस्तै गाढा छ”, उनले बताए । रश्मि आर्ट हाउसमार्फत हरि चलचित्र बनाउछ भने रश्मिले चित्र बनाउने काम गर्दै आएको छ ।

वि.सं.२०७५ असोज ११ बिहीवार १५:४३ मा प्रकाशित

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...