back

‘प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन’

वि.सं.२०७५ असोज ११ बिहीवार

573 

shares

११ असोज, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारको आलोचना गरेका छन् ।

उनले प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र नभएको बताउँदै विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताएका छन् ।

उपनेता गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको बताउँदै प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हँुदै गएको बताएका थिए ।

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झँै जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप समेत लगाए ।

उनले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ’ भने । नेता गच्छदारले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप समेत लगाएका थिए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १६:५० मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...