back

‘प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन’

वि.सं.२०७५ असोज ११ बिहीवार

321 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारको आलोचना गरेका छन् ।

उनले प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र नभएको बताउँदै विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताएका छन् ।

उपनेता गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको बताउँदै प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हँुदै गएको बताएका थिए ।

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झँै जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप समेत लगाए ।

उनले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ’ भने । नेता गच्छदारले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप समेत लगाएका थिए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १६:५० मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...