back

दशैंँ महोत्सवविरुद्ध यसरी उत्रिए व्यवसायी

वि.सं.२०७५ असोज ११ बिहीवार

591 

shares

११ असोज, विदुर । साँस्कृतिक पर्वलाई प्रवद्र्धन गर्ने र इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने उद्देश्य लिएर त्रिशूली बजारमा हुन लागेको दशंैँ महोत्सवका विरुद्वमा केही व्यवसायी उत्रिएका छन् । जिल्लाकै ऐतिहासिक त्रिभुवन त्रिशूली माविले महोत्सव आयोजना गर्ने तयारी थालेसँगै आज बट्टार बजारका व्यवसायीले त्यसको विरोध गर्दै रोक्न दवाबस्वरुप पदयात्रा गरेका छन् ।
नजिकिँदो दशैँ पर्वलाई लक्ष्य गरी यही असोज २२ देखि ३० गतेसम्म विद्यालयले नुवाकोट दशैँ महोत्सव आयोजना गर्दैछ । डिप्लोमा इन इञ्जिनीयरिङ सञ्चालन गर्ने उद्देश्य लिएर विद्यालयले महोत्सवको आयोजना गर्न लागेका बताइएको छ । दशैँका बेला महोत्सवले जिल्लाका अन्य व्यवसायलाई प्रभावित पार्ने बताउँदै बट्टार बजारका कपडा, तयारी कपा तथा शृङ्गार प्रसाधन व्यापारीले विरोध गरेका हुन् ।
उनीहरुले नुवाकोट कपडा रेडिमेड तथा कस्मेटिक व्यवसायी संघ र नुवाकोट उद्योग वाणिज्य संघको तुलमा दबाब पदयात्रासहित जिल्ला प्रशासन कार्यालय र विदुर नगरपालिकालाई महोत्सव रोक्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ उद्धवबहादुर थापा र नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महोत्सव आयोजक र व्यवसायीबीच समझदारी गरेर विवाद सुल्झाउन सुझाव दिए ।
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले यस विषयमा आफूहरुबीच विवाद रहेको स्वीकार्दै बट्टारका व्यवसायीको पक्षमा एक्लै भए पनि उभिने र महोत्सवलाई रोक्न पहल गरिने बताए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १८:५० मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...