back

दशैंँ महोत्सवविरुद्ध यसरी उत्रिए व्यवसायी

वि.सं.२०७५ असोज ११ बिहीवार

372 

shares
GLOBAL IME AD
NTC AD

११ असोज, विदुर । साँस्कृतिक पर्वलाई प्रवद्र्धन गर्ने र इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने उद्देश्य लिएर त्रिशूली बजारमा हुन लागेको दशंैँ महोत्सवका विरुद्वमा केही व्यवसायी उत्रिएका छन् । जिल्लाकै ऐतिहासिक त्रिभुवन त्रिशूली माविले महोत्सव आयोजना गर्ने तयारी थालेसँगै आज बट्टार बजारका व्यवसायीले त्यसको विरोध गर्दै रोक्न दवाबस्वरुप पदयात्रा गरेका छन् ।
नजिकिँदो दशैँ पर्वलाई लक्ष्य गरी यही असोज २२ देखि ३० गतेसम्म विद्यालयले नुवाकोट दशैँ महोत्सव आयोजना गर्दैछ । डिप्लोमा इन इञ्जिनीयरिङ सञ्चालन गर्ने उद्देश्य लिएर विद्यालयले महोत्सवको आयोजना गर्न लागेका बताइएको छ । दशैँका बेला महोत्सवले जिल्लाका अन्य व्यवसायलाई प्रभावित पार्ने बताउँदै बट्टार बजारका कपडा, तयारी कपा तथा शृङ्गार प्रसाधन व्यापारीले विरोध गरेका हुन् ।
उनीहरुले नुवाकोट कपडा रेडिमेड तथा कस्मेटिक व्यवसायी संघ र नुवाकोट उद्योग वाणिज्य संघको तुलमा दबाब पदयात्रासहित जिल्ला प्रशासन कार्यालय र विदुर नगरपालिकालाई महोत्सव रोक्नुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ उद्धवबहादुर थापा र नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महोत्सव आयोजक र व्यवसायीबीच समझदारी गरेर विवाद सुल्झाउन सुझाव दिए ।
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले यस विषयमा आफूहरुबीच विवाद रहेको स्वीकार्दै बट्टारका व्यवसायीको पक्षमा एक्लै भए पनि उभिने र महोत्सवलाई रोक्न पहल गरिने बताए ।

वि.सं.२०७५ असोज ११ बिहीवार १८:५० मा प्रकाशित

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...