१२ असोज, बर्लिन । एएफपी जर्मनका अभियोजनकर्ताहरूले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् ।
अपहरण सम्वन्धी मुद्दामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरूले जानकारी दिएका हुन् ।
अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए ।
उनले कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन् ।
वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:०९ मा प्रकाशित