back

बाटोमा फोहोर फाल्ने बानी छ ? त्यसो नगर्नुहोस तपाई सिसिटीभिको निगरानीमा हुनुहुन्छ

वि.सं.२०७५ असोज १२ शुक्रवार

516 

shares

१२ असोज, काठमाडौँ । बाटोमा फोहोर फाल्ने गर्नुभएको छ ? अब त्यसो नगर्नुहोस कारबाहीमा पर्नुहोला । काठमाडौँ उपत्यकाका सडकहरुमा अपराधिक घटना तथा फोहोर गर्ने प्रवृत्ति बढ्दै गएपछि उपत्यकामा बृहतरुपमा सिसिटीभी जडान गरिने भएको हो ।
काठमाडौं उपत्यकामा जोडिएका क्यामेरा पर्याप्त नभएको भन्दै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा १९ सय भन्दा बढी सिसी क्यामेरा जडान गर्न गृहकार्य सुरु भइसकेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख डिआइजी डा राजीव सुब्बाको समन्वयमा गठन भएको सिसी क्यामेरा जडान अध्ययन समितिले काम सुरु गरेको छ ।

समितिमा काठमाडौंका महानगरपालिकाको तर्फबाट ध्रुव  काफ्ले, महेश काफ्ले र राम सापकोटा छन भने नेपाल प्रहरीको तर्फबाट प्रहरी निरीक्षकद्वय अनुप सिंह र भावना श्रेष्ठ छन्। उक्त कमिटीले अहिले सिसी क्यामेरा कति संख्यामा आवश्यक छ, कुन–कुन ठाउँमा जडान गर्ने, सहरभरि सिसीटिभी कसरी जडान गर्ने, लगानी कति लाग्ने र प्राइभेट लगानी कसरी भित्र्याउने भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

समितिले तिहारसम्म अध्ययन सकेर प्रतिवेदन बुझाउने जनाएको छ। अहिलेसम्मको अध्ययनअनुसार काठमाडौं उपत्यकामा १९ सयभन्दा बढी सिसी क्यामेरा आवश्यक रहेको प्रारम्भिक अनुमान छ। साना गल्लीमा फाइबर नपुगेकाले फाइबर पु¥याउन ठूलो खर्च हुने अनुमान गरिएको छ। १९ सयभन्दा बढी क्यामेराको जडान गर्न लगभग ९ अर्ब लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै क्यामेरा जडान गरिसकेपछि पनि मर्मतका लागि वार्षिक ठूलो धनराशि लाग्ने देखिएको छ । अहिले प्रहरीले काठमाडौं उपत्यकामा जोडेका सिसी क्यामेरा मर्मत गर्न मात्रै वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको आयुक्त कार्यालयले जनाएको छ ।

सिसी क्यामेरा जडान गरिसकेपछि यसको ‘मनिटरिङ’ दुई ठाउँबाट हुने बताइएको छ । एउटा नेपाल प्रहरीले गर्छ भने अर्को महानगरपालिकाले गर्छ। प्रहरीले बजार, बैंकिङ क्षेत्र, होटल, रेस्टुरेन्टलगायत अपराध हुने क्षेत्रको निगरानी गर्ने बताइएको छ ।
एता, महानगरपालिकाले भने चारवटा प्रयोजनका लागि सिसी क्यामेराबाट मनिटरिङ गर्नेछ । महानगरपालिकाले सडकको अवस्था, सम्पदाको अवस्था, फुटपाथको अवस्था र फोहोर संकलन केन्द्रको अवस्था सिसी क्योमराबाट मनिटरिङ गर्ने जनाएको छ।

सिसीटिभी जडान भएपछि कसले कहाँ फोहर फालेको छ, सम्पदामा कसले, के गरेको छ सबै कोठा भित्रबाटै हेरिने छ । जसका कारण संयुक्त पहलमा काम भएपनि मनिटरिङ भने भिन्दाभिन्दै गर्न लागिएको हो ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:४३ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...