back

पेट्रब्राजलाई ८५ करोड डलर जरिवाना

वि.सं.२०७५ असोज १२ शुक्रवार

525 

shares

१२ असोज, वासिङ्टन, अमेरिका । अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको छ ।

अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनितिक दललाई घुस दिएको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको अमेरिकी न्यायिक विभागले बिहीबार जनाएको छ ।

पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो सङ्ख्यामा राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो ।

“पेट्रोबासका उच्च तहका अधिकारी तथा सञ्चालक समिति सदस्यले करोडौँ अमेरिकी डलर आर्थिक अनियमितता गरी अनुचित ठेक्का सम्झौता गरेको ठहर भएको छ,” विभागका सह महान्यायाधिवक्ता ब्राइन वेन्कोस्कीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

जरिवानामध्येको ८० प्रतिशत रकम ब्राजिलियाली अधिकारीले तिर्नुपर्ने बताइएको छ ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १३:३४ मा प्रकाशित

Himalayan Life AD
अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियामा गोली हानाहानमा परेर १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी (अस्ट्रेलिया) । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व)...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाई

किएभ । । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त...

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

थाई सेनाको हवाई आक्रमणमा १२ जना नागरिकको मृत्यु : कम्बोडिया

नोम पेन(कम्बोडिया) । थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...