back

भारतमा यात्रुवाहक रेल दुर्घटना, तर हताहत छैन

वि.सं.२०७५ असोज १२ शुक्रवार

543 

shares

१२ असोज, नयाँ दिल्ली । भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन ।

तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ । रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन ।
बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभाङ्गा जिल्लामा सो रेल दुर्घटना भएको छ । शुक्रबार बिहान सवेरै दरभाङ्गा–कोलकाता एक्पे्रस रेलमार्गमा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ ।

दुर्घटना भएको अवस्थामा रेलमा रहेका सवै यात्रुहरु निदाएका बताइएको छ । दरभङ्गास्थित रेल सेवाका एकजना अधिकारीले तर त्यसमा रहेका यात्रुहरु भने सकुशल रहेका जानकारी दिएका छन ।

भारतको रेलमार्ग कतिपय स्थानमा निकै जीर्ण अवस्थामा छ । यसको मर्मत तथा नयाँ निर्माणका लागि १३७ अर्ब अमेरिकी डलर बराबरको रकम लाग्ने र यसको निर्माण अवधि पाँच वर्षं लाग्ने भन्दै भारतीय सरकारले सन २०१५ मा यो आयोजनाको घोषणा गरेको थियो ।

भारतमा रेलसेवा यातायातको एक ठूलो र भरपर्दो सेवा हो ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १४:१४ मा प्रकाशित

Himalayan Life AD
आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...