back

भारतमा यात्रुवाहक रेल दुर्घटना, तर हताहत छैन

वि.सं.२०७५ असोज १२ शुक्रवार

342 

shares
GLOBAL IME AD
NTC AD

१२ असोज, नयाँ दिल्ली । भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन ।

तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ । रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन ।
बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभाङ्गा जिल्लामा सो रेल दुर्घटना भएको छ । शुक्रबार बिहान सवेरै दरभाङ्गा–कोलकाता एक्पे्रस रेलमार्गमा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ ।

दुर्घटना भएको अवस्थामा रेलमा रहेका सवै यात्रुहरु निदाएका बताइएको छ । दरभङ्गास्थित रेल सेवाका एकजना अधिकारीले तर त्यसमा रहेका यात्रुहरु भने सकुशल रहेका जानकारी दिएका छन ।

भारतको रेलमार्ग कतिपय स्थानमा निकै जीर्ण अवस्थामा छ । यसको मर्मत तथा नयाँ निर्माणका लागि १३७ अर्ब अमेरिकी डलर बराबरको रकम लाग्ने र यसको निर्माण अवधि पाँच वर्षं लाग्ने भन्दै भारतीय सरकारले सन २०१५ मा यो आयोजनाको घोषणा गरेको थियो ।

भारतमा रेलसेवा यातायातको एक ठूलो र भरपर्दो सेवा हो ।

वि.सं.२०७५ असोज १२ शुक्रवार १४:१४ मा प्रकाशित

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...