back

हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

वि.सं.२०७५ असोज १२ शुक्रवार

291 

shares
GLOBAL IME AD
NTC AD

१२ असोज, सिड्नी । संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन । प्रशान्त क्षेत्रमा बढ्दो चिनीया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनको भनाइ छ ।

पिएनजीको इन्टरनेट पूर्वाधार निर्माणमा चिनीया कम्पनी हुवावे मुख्य प्रतिस्पर्धी हो, तर अमेरिका, अस्ट्रेलिया र जापानबीच उक्त पूर्वाधार आफैं निर्माण गर्नेगरी छलफल शुरु भएको छ ।

“हामीले हुवावेको विकल्पमा पिएनजीलाई आकर्षक प्रस्ताव दिएका छौं,” अस्ट्रेलियाका लागि अमेरिकी कार्यबाहक राजदूत जेम्स कारुसोले भने, “तर अन्तिम निर्णय गर्ने अधिकार पिएनजी सरकारको हातमा छ ।”

गत अगस्टमा मात्र मुलुकको सुरक्षासँग जोडिएको संवेदनशील सञ्चार क्षेत्रमा विदेशी कम्पनीलाई जिम्मेवारी दिन नहुने कारण देखाउँदै अस्ट्रेलियामा हुवावेलाई फाइभ–जी मोबाइल नेटवर्क बिछ्याउन रोकिएको थियो ।

अस्ट्रेलियाले यसै वर्ष सोलोमोन आइल्यान्डमा समुद्रमुनि इन्टरनेट केबल बिछ्याउने एक परियोजनाबाट हुवावेलाई अलग्याउन भूमिका खेलेको थियो । यो परियोजनाका लागि आवश्यक रकम जुटाउन अस्ट्रेलिया स्वयंले सहयोग गरेको थियो । यो केबल सञ्जालले पिएनजीलाई पनि जोड्ने छ ।

हुवावेले सुरक्षा खतरा रहेको तथा चिनीया सरकारी गुप्तचर निकायसँग सम्पर्क रहेको भन्ने आरोपहरुको लगातार खण्डन गरिआएको छ ।

बेइजिङले प्रशान्त महासागरका राना द्वीपीय राष्ट्रहरुमा पूर्वाधार निर्माणका लागि न्यून ब्याजदरमा अर्बौं डलर ऋण प्रवाह गरिरहेको छ । यी राष्ट्रहरु चीन समेत एसियाका धेरै मुलुकका लागि समुद्रसम्मको पहुँचका लागि महत्वपूर्ण रहिआएका छन ।

अस्ट्रेलियाले बेइजिङको उक्त कदमको जवाफमा प्रशान्त महासागरीय मुलुकहरुलाई दिइने सहायता रकम बढाउनुका साथै क्षेत्रीय सुरक्षा सम्झौतालाई सुदृढ गरिरहेको छ ।

कारुसोले अमेरिका र यसका साझेदार मुलुकहरुसँग व्यवसायका लागि प्रशान्त क्षेत्रीय मुलुकहरुलाई सहज वातावरण निर्माण गर्नु पनि आवश्यक रहेको बताए । “यसको मुख्य कुरा नै विकल्प दिनु हो, चीनसँग व्यवसाय नै गर्न हुँदैन भनेर रोक्न सकिन्न ।”

उनले भने, “चीनले आफ्नो प्रस्ताव टेबलमा राखिसक्यो, अब हामी कसरी प्रतिस्पर्धी हुने भन्ने अर्को कुरा हो ।”

वि.सं.२०७५ असोज १२ शुक्रवार १४:५६ मा प्रकाशित

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको...

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...