१४ असोज, काठमाडौं । राष्ट्र बैकले असोज ६ गते सर्कुलर जारी गर्यो–२०७५ असोज मसान्तसम्म भूकम्प प्रभावितलाई दिइएको सहुलियत व्याज अनुदानमा कर्जा उपलब्ध गराइने छैन । यसअघि राष्ट्र बैंकले तत्कालै सर्कुलर जारी गरी असोज मसान्तसम्म राष्ट्रबैंकबाट कर्जा स्वीकृत भएका ऋणिले मात्र सहुलियत व्याज अनुदान कर्जा पाउने व्यवस्था गर्यो ।
राष्ट्र बैंकले नयाँ व्यवस्था असोजमा गरे पनि भूकम्पपीडितलाई सहुलियत व्याजमा अनुदान उपलब्ध गराउँदै आएको बैंकले पठाएका फाइल भने साउन अन्तिमबाट बुझेका थिएन । आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १४ आइतवार ०८:२६ मा प्रकाशित