
१४ असोज, काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट तयार भएको छ ।
उक्त रिपोर्ट प्राप्त भएको र आइतबार सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक गरिने कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।
कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।
यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो । डिएनए परीक्षणमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ ।
वि.सं.२०७५ असोज १४ आइतवार ०८:५१ मा प्रकाशित