back
CTIZAN AD

गजल ९३

वि.सं.२०७५ असोज १४ आइतवार

711 

shares

आतिन्छ मन उज्यालो दिन अन्धकार देख्छु
जब फूलको गलामा खुकुरीको धार देख्छु

पसिनाको मुल्य केही मिल्दैन यो शहरमा
सजिलै बरू जवानी बिक्ने बजार देख्छु

मानव हुँं भन्न लाग्छ संकोच आजभोलि
जब मान्छे भित्र पापी दानव सवार देख्छु

विश्वास लाग्छ पीडा लाग्नेछ पार पक्कै
गहिरो यहाँ नदीको जब जब किनार देख्छु

यो देशको नि हालत ठ्याक्कै समान लाग्छ
सुन्दर बगान भित्र हुर्केको झार देख्छु

 

वि.सं.२०७५ असोज १४ आइतवार ०९:५४ मा प्रकाशित

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...