
आतिन्छ मन उज्यालो दिन अन्धकार देख्छु
जब फूलको गलामा खुकुरीको धार देख्छु
पसिनाको मुल्य केही मिल्दैन यो शहरमा
सजिलै बरू जवानी बिक्ने बजार देख्छु
मानव हुँं भन्न लाग्छ संकोच आजभोलि
जब मान्छे भित्र पापी दानव सवार देख्छु
विश्वास लाग्छ पीडा लाग्नेछ पार पक्कै
गहिरो यहाँ नदीको जब जब किनार देख्छु
यो देशको नि हालत ठ्याक्कै समान लाग्छ
सुन्दर बगान भित्र हुर्केको झार देख्छु
वि.सं.२०७५ असोज १४ आइतवार ०९:५४ मा प्रकाशित