१५ असोज, काठमाडौँ । दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् ।
यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको छ ।
शनिबारदेखि चाइन साउर्दनले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारीक सहर ग्वानजाव (क्वाङचाउ)–काठमाडौं–ग्वानजाव सातामा दुइटामात्रै उडान गर्दै आएको यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यावसायिक उडान गर्दै आएको छ । विदेशी एयरलाईन्सको छाता संगठन एयरलाईन अपरेटर्स कमिटी नेपालका अनुसार यो सहित चीनाट काठमाडौँका लागि वाईडबडी विमनको संख्या दुई पुगेको छ । चाईना साउदर्न अघि एयरचाईनाले पनि नेपालमा उडान सेवा दिदैँ आएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १५ सोमवार ०८:१५ मा प्रकाशित