back

प्रधानमन्त्रीको कोष्टारिका भ्रमणको औचित्यमाथि नै प्रश्न

वि.सं.२०७५ असोज १५ सोमवार

300 

shares

१५ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसंघ महासभाको ७३ औं अधिवेशनमा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्य अमेरिकी देश कोस्टारिकाको भ्रमणमा गएका छन् ।

नेपालसँग कूटनीतिक सम्बन्धबाहेक खासै अन्य गतिविधि नरहेको कोस्टारिकामा प्रधानमन्त्री ओलीको चार दिने भ्रमणलाई कूटनीतिक क्षेत्रका जानकारहरूले अनावश्यक भनेका छन्। पूर्व राजदूत जयराज आचार्य प्रधानमन्त्री ओलीले कोस्टारिका जानुपर्ने कारण के थियो भनेर प्रश्न गर्छन्। उनी मुलुकभित्रै जल्दोबल्दो परिस्थिति सिर्जना भइरहेका बेला त्यहाँ जानुको औचित्य पुष्टि गर्नुपर्ने बताउँछन्। ‘अहिले राज्य छ कि छैन भन्ने अवस्था छ, तर उहाँ त्यसलाई बेवास्ता गर्दै विदेश भ्रमणमा हुनुहुन्छ,’ आर्चायले भने । पहिले गृह व्यवस्थालाई राम्रो बनाएर मात्र परराष्ट्र सम्बन्धलाई जोड दिनुपर्ने आचार्यको तर्क छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा अपराधीलाई कारबाहीको दायरामा नल्याएको आरोपमा सरकार विरुद्ध सडक, सदन र पार्टी भित्रैसमेत विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले परिस्थितिलाई बेवास्ता गर्दै भ्रमण लम्ब्याएका हुन् । नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १५ सोमवार ०८:२८ मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...