back
CTIZAN AD

मगर संघ बेलायतले ऐतिहासिक भ्यू टावरमा लगानी गर्ने

वि.सं.२०७५ असोज १५ सोमवार

669 

shares

 

नेपालमा निर्माणधिन ऐतिहासिक ‘काठमाण्डु भ्यु टावर’ निर्माणमा बेलायतका मगरहरुले चासो दिएका छन् ।
विश्व पर्यटन दिवसको अबसर पारेर गत २६ अगष्टका दिन बेलायतस्थित मगर भवन फान्ब्रोमा बेलायतका मगर संघका कार्यसमिति पदाधिकारीहरू साथै बिशिष्ठ व्यक्तित्वहरुको सहभागितामा बसेको बैठकले नेपालमा संयुक्त लगानी बारे छलफल तथा अन्तरक्रिया गरेको थियो ।

मगर संघ बेलायतका अध्यक्ष नेम थापाको संयोजकत्वमा बसेको बैठकमा सन् २०१४ मै मगर संयुक्त एन्भेष्टमेण्ट ग्रुप युके स्थापना गरिए पनि विशेष कारण खासै सक्रिय हुन नसकेकोले अब देशमा स्थायी सरकार स्थापना भइसकेको अवस्थामा अब ग्रुप पनि सक्रिय हुने बताइएको छ ।

नेपाल सरकारको ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई सार्थक बनाउन गैरआवासीय नेपाली संघ बेलायतको मुख्य नारा ‘संयुक्त लगानी गरौ देश समृद्ध बनाउ’ भनेर लागिरहेको अवस्थामा मगर संघ बेलायतले पनि एक पहल तत्काल अघि बढाउने बताइएको छ ।


मगर संघ बेलायतका अध्यक्ष नेम थापा, मगर संघ हङकङका संयोजक तथा निबर्तमान माहासचिव बिक्रम थापा मगरले हङकङ मगर तथा एमआइएफएचकेका सक्रिय सदस्यबाट भइरहेको लगानी, लगानीका प्रयास लगायतका बारेमा छोटो प्रस्तुति दिएका थिए ।

तयस्तै संसारभरका गैरआवासीय नेपाली संघबाट संयुक्त लगानी कम्पनी अन्तर्गत आइडिया फर नेपालका अध्यक्ष तथा क्रियटर युनिभर्सल कम्पनीका सिइओ गोकर्ण श्रेष्ठबाट बिश्वका नेपालीले संयुक्त लगानीमार्फत् नेपालभित्र र नेपाल बाहिर कस्ता व्यवसाय गर्दै आएका छन् र गर्ने प्रयासमा रहेका छन् के कस्ता कस्ता सम्भावनाहरु छन् भन्ने बिषयमा अती रोचक र आकर्षक प्रस्तुति दिएका थिए ।

उनले नेपालमा लगानीका सम्भावना भएका क्षेत्रमा मगर संघ हङकङसँग सामुहिक लगानीका बारेमा सहकार्य भइसकेको र मगर संघ बेलायतले पनि चासो राखेको अवस्थामा एनआरएनएले अघि सारेको योजनामा यसले ठूलो सहयोग गर्ने बताएक थिए ।
यसै विषयलाई लिएर मगर संघ युकेले पनि मगर संयुक्त इन्भेष्ट ग्रुप युके एमआइजीयुकेको स्थापना बेलायतमा पनि तत्काल स्थापना गर्ने विषयमा छलफल तथा बैठक आयोजना गर्ने बताएको छ ।
त्यस्तै विश्व मगर संघ पनि भविस्यमा संयुक्त लगानीको पहलमा सहभागी हुने भन्दै कार्यक्रमको अन्त्यमा नेपालमा निर्माणधिन ऐतिहासिक भवन काठमाडौं भ्यू टावरमा मगर संघ हङकङले प्राप्त गरेको लगानीको २० प्रतिशत सेयरमा बेलायतबासी मगरहरु पनि सहभागी हुने निर्णय गरेको बताइएको छ । साथै अन्य देशका मगर संगठनहरुलाई प्रोत्साहन गर्ने बताइएको छ ।

 

वि.सं.२०७५ असोज १५ सोमवार ०८:४२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...