
१५ असोज, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० लिगको लागि प्लेअर अक्सनबाट सहभागी कलबहरुले खेलाडी छनोट गरेका छन् ।
जस अनुसार राष्ट्रिय टिमका ७ खेलाडी सबैभन्दा धेरै रकममा बिक्री भएका छन् । जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेललाई सर्वाधिक भाउमा बोली लागेको थियो ।
राष्ट्रिय टिममा रहेका मध्ये ललित भण्डारी २ लाखमा बुटवल ब्लास्टर्समा तथा ललित राजवंशी १ लाखमा पोखरामा अनुबन्ध भए । यस बाहेक राष्ट्रिय टिमबाट सन्यासको घोषण गरिसकेका भेट्रान स्पीनर शक्ति गौचनलाई चितवन टाइगर्सले अन्तिममा विचलिस्टमार्फत पेनाल्टी तिरेर लियो।
त्यसमध्ये चितवनले सबैभन्दा बढी तीन खेलाडी अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई लिन सफल भयो । यस्तै पोखरा पल्टनले रोहित पौडेल र विनोद भण्डारी, काठमाडौँ रोएल्सले बसन्त रेग्मी बुटवल ब्लास्टर्सले सागर पुनलाई किनेको हो ।
यसैगरी उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका मध्ये पवन सराफ, शहाब आलम, अमित श्रेष्ठ, भिम शार्की, कमल सिंह ऐरीलाई म्याक्सिमम प्राइज १ लाख ५० हजारसम्मको बोली लागेको थियो । जसमध्ये पवन र अमितलाई काठमाडौँले लिन सफल भयो भने शहाबलाई विराटनगरले, कमललाई धनगढी र भिमलाई बुटवलले लियो।
कुन टिमले कुन खेलाडी कति रकममा लिए :
विराटनगर टाईटन्स
दिपेश श्रेष्ठ – ९० हजार
शाहब आलम – १ लाख ५० हजार
जितेन्द्र मुखिया – ७५ हजार
राजेश पुलामी – १ लाख ५० हजार
किशोर महतो – ९० हजार
पुष्प थापा – ५० हजार
प्रदिप ऐरी – २ लाख ४० हजार
राजु रिजाल – ८५ हजार
जितेन्द्र सिंह ठकुरी – ७० हजार
सुनिल धमला – २ लाख २० हजार
रविन जोशी – ३० हजार
हिमान्सु दत्त – ५० हजार
बुटवल ब्लास्टर्स
मो संसद शेख -६० हजार
सिदान्त लोहनी – १ लाख ६० हजार
हरि चौहान – १ लाख
ललित सिंह भण्डारी – २ लाख
शंकर राना – ८० हजार
पुरण बिक – ३० हजार
सागर पुन – २ लाख ५० हजार
हसिम अन्सारी – ५० हजार
भिम सार्की – १ लाख ५० हजार
प्रकास केसी – ५० हजार
अविनाश बोहोरा – १ लाख
नितेश थापा – ३० हजार
बिपिन खत्री – ३० हजार
चितवन राइनोज
अनिल कुमार साह – २ लाख ५० हजार
भुवन कार्की – १ लाख ५० हजार
राम नरेश गिरी – ८५ हजार
करण केसी – २ लाख ५० हजार
आरिफ शेख – २ लाख ५० हजार
सुमित महर्जन – ५० हजार
सोनु तामाङ – ८५ हजार
विनोद लामा – ७० हजार
हरि शंकर साह – ९० हजार
शक्ति गौचन ९ २ लाख ६२ हजार ५ सय
एक्स्पर्ट धनगढी ब्लुज
मन्जित श्रेष्ठ – ५० हजार
योगेन्द्र सिंह कार्की – १ लाख १० हजार
सन्तोस भट्ट – ९० हजार
रोबिन क्षेत्री -६० हजार
सन्दीप सुनार – ९० हजार
कमल सिंह ऐरी – १ लाख ५० हजार
दिलीप नाथ – २ लाख ४० हजार
सागर ढकाल – १ लाख ३० हजार
सन्दीप जोरा – ९० हजार
फिर्दोष अन्सारी – ३० हजार
सौरभ खनाल – १ लाख
विक्रम ठगुन्ना – ३० हजार
सन्दीप रजाली – ३० हजार
काठमाडौं रोयल्स
पवन सर्राफ – १ लाख ५० हजार
सुशन भारी – १ लाख ५० हजार
पृथु बास्कोटा – १ लाख २० हजार
अमर सिंह राउटेला – १ लाख
आदिल खान – ५० हजार
नरेश बुढाएर – २ लाख ३० हजार
नन्दन यादव – ५० हजार
बसन्त रेग्मी -२ लाख ५० हजार
अमित श्रेष्ठ – १ लाख ५० हजार
सुमित झा – ३० हजार
पोखरा पल्टन
रोहित कुमार पौडेल – २ लाख ५० हजार
बिनोद भण्डारी – २ लाख ५० हजार
ललित नारायण राजवंशी – १ लाख
रशिद खान – ७० हजार
कृष्ण कार्की – १ लाख
कुशल भुर्तेल – १ लाख ५० हजार
बिक्रम भुसाल – ५० हजार
मेहबुब आलम – १ लाख ६० हजार
आशिफ शेख – ८० हजार
दिभ्यान्सु मलिक – ३० हजार
इशान पाण्डे – ५० हजार
वि.सं.२०७५ असोज १५ सोमवार ०९:१५ मा प्रकाशित