
एनआरएनए किम्हे, ख्यंसाननाम्दो, कोरियाले एक कार्यक्रम गरेर विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष निरज पाण्डे र महासचिव राम बहादुर थापा कोरीया बसाई टुंग्याउटै नेपाल जान लागेकाले उनीहरुले आ–आफ्नो पदबाट राजीनामा दि दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष वेलमान थापाको अध्यक्षतामा बसेको बैठकले अन्यपदाधिकारी सहितको उपस्थितीमा राजिनामा स्वीकृति गर्दै बरिष्ठ उपाध्याक्षलाई अध्यक्ष पदमा र सहकोषाध्यक्ष नवराज सुवेदीलाई महासचिव पदमा पदस्थापन गर्ने निर्णय गर्दै पदिय जिÞम्मा समेत हस्तान्तरण गर्यो र पदबाट राजीनामा दिएका थापा र पाण्डेलाई विदाई गर्दै खादा तथा सल ओढ़ाएर कदरपत्र प्रदान गर्दै सम्मान समेत गरिएको थियो ।
उक्त विदाई कार्यक्रममा निवर्तमान अध्यक्षले नयाँ अध्यक्षलाई र समितिलाई अझ प्रगति र राम्रो टिमवर्क साथ उच्च गतिशीलताका साथ काम गर्न शुभकामना दिएका थिए । निवर्तमान महासचिव राम बहादुर थापाले पनि नयाँ अध्यक्ष एवं टिमलाई शुभकामना मन्तव्य दिदै विदेशमा स्वास्थ्यको ध्यान दिदैं समय मिलाई समाज सेवामा लाग्न र विदाई कार्यक्रमको लागी धन्यवाद दिएका थिए ।
कार्यक्रमका अध्यक्ष वेलमान थापाले विदाई मन्तव्य दिदै नेपालको बसाई सुखद र प्रगति शिलहोस भनि कामना गर्दै सल ओढ़ाएर सम्मानपत्र दिदै विदाई गरेका थिए । उपस्थित समिती पदाधिकारी उपाध्यक्ष सुजाता वस्नेत, ओम कार्की नवराज सुवेदी र सदस्य ईश्वर वान्तनाले समेत छुट्टाछुट्टै खादा तथा सल ओढ़ाई विदाई तथा सम्मान गरेका थिए ।
सहसचिव ओम कार्कीको संचालन रहेको उक्त कार्यक्रम लिटील ईन्डीया रेष्टुरेन्टमा भएको थियो ।
वि.सं.२०७५ असोज १५ सोमवार ०९:१६ मा प्रकाशित