back

एनआरएनए ख्यंसाननाम्दो द्धारा विदाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७५ असोज १५ सोमवार

537 

shares

एनआरएनए किम्हे, ख्यंसाननाम्दो, कोरियाले एक कार्यक्रम गरेर विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष निरज पाण्डे र महासचिव राम बहादुर थापा कोरीया बसाई टुंग्याउटै नेपाल जान लागेकाले उनीहरुले आ–आफ्नो पदबाट राजीनामा दि दिएका थिए ।

वरिष्ठ उपाध्यक्ष वेलमान थापाको अध्यक्षतामा बसेको बैठकले अन्यपदाधिकारी सहितको उपस्थितीमा राजिनामा स्वीकृति गर्दै बरिष्ठ उपाध्याक्षलाई अध्यक्ष पदमा र सहकोषाध्यक्ष नवराज सुवेदीलाई महासचिव पदमा पदस्थापन गर्ने निर्णय गर्दै पदिय जिÞम्मा समेत हस्तान्तरण गर्यो र पदबाट राजीनामा दिएका थापा र पाण्डेलाई विदाई गर्दै खादा तथा सल ओढ़ाएर कदरपत्र प्रदान गर्दै सम्मान समेत गरिएको थियो ।


उक्त विदाई कार्यक्रममा निवर्तमान अध्यक्षले नयाँ अध्यक्षलाई र समितिलाई अझ प्रगति र राम्रो टिमवर्क साथ उच्च गतिशीलताका साथ काम गर्न शुभकामना दिएका थिए । निवर्तमान महासचिव राम बहादुर थापाले पनि नयाँ अध्यक्ष एवं टिमलाई शुभकामना मन्तव्य दिदै विदेशमा स्वास्थ्यको ध्यान दिदैं समय मिलाई समाज सेवामा लाग्न र विदाई कार्यक्रमको लागी धन्यवाद दिएका थिए ।


कार्यक्रमका अध्यक्ष वेलमान थापाले विदाई मन्तव्य दिदै नेपालको बसाई सुखद र प्रगति शिलहोस भनि कामना गर्दै सल ओढ़ाएर सम्मानपत्र दिदै विदाई गरेका थिए । उपस्थित समिती पदाधिकारी उपाध्यक्ष सुजाता वस्नेत, ओम कार्की नवराज सुवेदी र सदस्य ईश्वर वान्तनाले समेत छुट्टाछुट्टै खादा तथा सल ओढ़ाई विदाई तथा सम्मान गरेका थिए ।


सहसचिव ओम कार्कीको संचालन रहेको उक्त कार्यक्रम लिटील ईन्डीया रेष्टुरेन्टमा भएको थियो ।

वि.सं.२०७५ असोज १५ सोमवार ०९:१६ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...