back

चन्द्रागिरि हिल्सलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्ड

वि.सं.२०७५ असोज १५ सोमवार

552 

shares

१५ असोज, काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।

आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरिन् ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकामैत्री बनाइएको छ ।

पहुँचयुक्तता प्रवद्र्धन गर्ने र्याम्प, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै माननीय मन्त्री थममाया थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गरिन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचना निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तब्य बन्ने विश्वास व्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

वि.सं.२०७५ असोज १५ सोमवार ०९:१९ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

नेपालको राजनीतिक इतिहासमा हरेक चुनावसँगै घोषणापत्र सार्वजनिक हुन्छन्। ती घोषणापत्रहरूमा...

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

काठमाडौँ । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्बोधन गर्ने तथा...

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना...

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

कोहलपुर । जस्मिन पेन्ट्सको उपभोक्ता योजना "चाडपर्वको उमङ्ग, जापान घुमौँ...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...