
झुठैझुठको खेती गरी सक्दिन म घाटी दुखाउन,
भातीभाती कुरा गर्दै, अनेक थरी रिपोर्ट बनाउन ।
भुराको कुरा, देखियो धेरै कोठे भेला अनि गोठे भेला,
तिम्रो काम छैन, नेपाललाई उद्देश्य बिनाको खैलाबैला ।।
कसम, छैन मलाई लालच, नागरिकता त्यो दोहोरो,
यसैगरी सेवा गर्न पाउ नेपालको हृदय बनाई एकोहोरो ।।।
नेपाललाई चिनाउने सुरु भयो बहु सांस्कृतिक मेला,
आउनुहोस मिलीजुली जाउ सबै, कत्ती नगरी अबेला ।।।।
वि.सं.२०७५ असोज १५ सोमवार १२:०६ मा प्रकाशित






























