back
CTIZAN AD

चाडपर्व लक्षित विशेष सुरक्षा योजना

वि.सं.२०७५ असोज १५ सोमवार

591 

shares

१५ असोज, फिदिम । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना छ ।

वडादशैँमा सडकमा यात्रुको अत्याधिक चाप हुने भएकाले चालकले लामोसमयसम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ । यात्रुको चापको बाहना बनाएर बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरीले जिल्लाको राँके, पौवाभञ्ज्याङ, फिदिम, जोरपोखरी र अमरपुरमा जाँच केन्द्र निर्माण गरिरहेको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

मेची राजमार्गको ९४ किलोमिटर सडकको सुरक्षासँगै वडादशैँको नवरात्रिदेखि तिहारसम्म ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थी सवार सवारी साधनको चाप बढी हुने हुँदा मेची राजमार्गमा सुरक्षाको उचित प्रबन्ध मिलाउन लागिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

उक्त कार्यालयले यात्रुका गुनासो सुन्न तथा यात्रुलाई सहयोग पु¥याउन फिदिमस्थित अस्थायी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । अन्य ग्रामीण सडकमा पनि मातहतका प्रहरी एकाइबाट सुरक्षाका प्रबन्ध मिलाइएको छ ।

पाँचथरमा जिल्ला प्रहरी कार्यालयसहित ३३ स्थानमा प्रहरीको कार्यालय, चौकी तथा अस्थायी पोष्ट छन । सडक सुरक्षाका अतिरिक्त जिल्लाका शक्तिपीठमा लाग्ने मेला, तथा पूजापाठलाई व्यवस्थित र सुरक्षित राख्ने कार्ययोजना बनाइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । जिल्लाका विभिन्न शक्तिपीठमा वडादशैँमा मेला लाग्ने गरेको छ । जनशक्ति अभावका कारण सीमित प्रहरी मात्रै सुरक्षाका लागि खटिने हुँदा ग्रामीण क्षेत्रमा लाग्ने धार्मिक मेलामा सुरक्षा दिन मुस्किल रहेको उनको भनाइ थियो ।

प्रहरीले मेला आयोजकलाई स्वयंसेवक परिचालन गर्न आग्रह समेत गर्ने गरेको छ । चाडपर्वको मौका छोपेर हुनसक्ने चोरी डकैती रोकथामका लागि प्रहरीले वित्तीय संस्था केन्द्रीत सुरक्षा योजना बनाएको छ ।

यस्तै पटका, आतसवाजीको निकासी रोक्ने, जुवा–तास नियन्त्रण गर्नेजस्ता कार्य पनि प्रहरीको चाडपर्व केन्द्रीत सुरक्षा योजनामा परेका छन । जिल्ला प्रहरीले चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत बनाइराख्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने र राति अबेरसम्म मेला लाग्न नदिने योजना बनाएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन र सार्वजनिक सवारी साधनको अभाव हुन नदिन पहल गरिने प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

वि.सं.२०७५ असोज १५ सोमवार १४:०७ मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...